छुवाछुत विरुद्धको जागरणमा लागौं – महामन्त्री खड्का

बीबीएस
जाजरकोट ६, बैशाख – भेरी नगरपालिका ४, सृजनाटोलकी झुपी सुनार मंगलवार वेलुकी दंग खाईन् । उनलाई २÷४ जना सुरक्षाकर्मी सहितका ठुलै नेता, भद्र भलादमी जस्ता देखिने मान्छे एक्कासी घरको आ“गनमा बास माग्न आउदा अनौंठो लाग्यो । दलित बाहेक अन्य जातका मान्छेले बास माग्न आएको अनुभवै नभएकी सुनार अलमल नै परिन् । एकछिन पत्याउन पनि सकिनन् । ‘हजुरहरुले कस्लाई खौज्नुभो । घर फरक पर्योकी ? यो त दलितको घर हो हजुर, खानपिनमा गाह्रो होला,’ उनले भनीन् । ती आगुन्तुकले दुई हात जोडेर हैन तपाई (दलित)कै घरमा बस्ने खाने हो, अब सबै जात एउटै हो । अप्ठ्यारो नमान्नुहोस् । म सुर्खेतको पुर्णबहादुर खड्का हु“ । यति भन्दा झुपीलाई झन सकस भयो । उनले हतारपतार गर्दै आ“गनमा पाहुनाका लागि कुर्चीको प्रबन्ध मिलाईन् ।

झुपी सुनार मात्र हैन, सृजनाटोलका २५÷३० दलित परिवारका सदस्य मंगलवार छक्क परे । नेपाली का“ग्रेसका महामन्त्री पुर्णबहादुर खड्का दलितको घरमा बास बसेकोे, दलितले पकाएको खाना खाएको र भा“डा माझेको देख्दा उनीहरु छक्क परेका हुन् । ईतिहासमै पहिलो पटक यति ठुलो नेता त्यसैमा क्षेत्री जातको मान्छे दलित तथा गरीव परिवारमा आएर खाने बस्ने गर्दा अप्ठेरो लागेको स्थानीय रति नेपालीले बताइन् । ‘यो पहिलो अनुभव हो, दलित भनेर हेप्ने, छुवाछुत गर्ने प्रचलन कायमै भएका बेला एउटा ठुलो पार्टीको राष्ट्रिय नेता दलितकै घरमा आएर खाने बस्ने गर्नु भयो,’ नेपालीले भनीन् । महामन्त्री खड्काको यो ब्यवहारले समाजमा विभेदको अन्त्य मात्र हैन, पछि परेका दलित बर्गको मनोवल उच्च उच्च बनाएको उनले बताईन् । पछिल्लो समय का“ग्रेस महामन्त्री खड्का सुविधा सम्पन्न होटल र ठुलावडाका घरमा बस्ने खाने गर्दैन् । उनले खोजी खोजी दलितको घरमा बस्ने तथा खाने र खाएका भाडा आफैले माझ्ने गर्दछन् ।

महामन्त्री खड्का कार्यकर्ता भेटघाट, पार्टीको जिल्ला सम्मेलन लगायत गतिविधीमा सहभागी हुन गाउबस्तीमा जादा यस्तो गर्ने गरेका हुन् । खड्काले सुर्खेत, जाजरकोट लगायत जिल्लाका गाउबस्तीमा पुगेर दलित बर्गको घरमा बास बस्ने, दुःख वा“ड्ने, गुनासो सुन्ने, समस्या समाधानको पहल गर्ने लगायत गतिविधी गर्दै आएका छन् । महामन्त्री खड्काले मंगलवार भेरी नगरपालिका १३, कुदुका खिमबहादुर सुनारको घरमा खाना खाएर भाडा माझेका थिए । त्यसपछि उनी जाजरकोट का“ग्रेसले आयोजना गरेको जिल्ला सम्मेलनमा सहभागी भई भेरी नगरपालिका ४, सिर्जनाटोल स्थित दलित बस्तीमा बास बसेका हुन् । सिर्जनाटोल पहु“च र जातिय हिशाबले हेपिएको टोल पनि हो ।
महामन्त्री खड्काले उक्त सम्मेलन मार्फत का“ग्रेसका नेता कार्यकर्तालाई गाउगाउमा पुगेर छुवाछुत विरुद्धको अभियानमा लाग्न निर्देशन गरेका छन् । ‘कोही कसैले जातिय विभेद गर्नुहुदैन, का“ग्रेस कार्यकर्ताले कही कतै जातिय विभेद गरेको थाह पाएमा पार्टीले त्यस्ता ब्यक्तिलाई तत्काल कारबाही गर्नेछ,’उनले भने । का“ग्रेस सदैव जातिय तथा बर्गीय समानताको पक्षमा रहेको खड्काले बताए । त्यसैले का“ग्रेस नेता कार्यकर्ताले गाउ जागरणस“गै छुवाछुत अभियानमा लाग्नु पर्ने उनले बताए । का“ग्रेस नेतालाई गाउटोलमा पुगेर कार्यकर्ता भेला बैठक, छलफल, सदस्यता वितरण लगायत जागरणमा लाग्न उनले निर्देशन गरेका छन् । ‘जातिय विभेद र छुवाछुुत विरुद्ध कानुन बन्यो तर सामजिक जागरण भएन,’ उनले भने ।यो कार्य काग्रेस कार्यकर्ताले जिम्मा भएको उनको भनाई छ ।
यसै विच का“ग्रेसका महामन्त्री खड्काले वर्तमान सरकारको कार्यशैलीले जनतामा निरासा वढेको वताएका छन् । दुई तिहाई वहुमत प्राप्त सरकारले जनचहाना अनुसार गतिशील काम नगर्दा सरकार र राजनैतिक दलहरु प्रति नै जनताको विश्वास घट्न थालेको उनले वताए । महामन्त्री खड्काले नेपाली का“ग्रेस जाजरकोटको जिल्ला सम्मेलनलाई खलंगामासम्वोधन गर्दै यस्तो वताएका हुन् । अधिनायकवादी पाराले सरकार अघि वढ्दा देशमा अराजकता, भ्रष्टाचार र कुशासनको त्रास जताततै फलिएको खड्काले वताए । उनले का“ग्रेसले वैशाख ११ गते देखि ऐतिहासिक जनआन्दोलनको सम्झना गर्दै देशव्यापी रुपमा एक महिने जागरण अभियान सुरु गर्न लागेको वताए । जनताको घर घरमा पुगेर जनआन्दोलन, जनताको संविधान, नया“ राजनैतिक परिस्थितिमा का“ग्रेसको भुमिका र केपी वली नेतृत्वको सरकारको जनविरोधी भ्रष्ट कार्यहरु वारे जनतालाई सुझाउन देशव्यापी जागरण अभियानमा थाले महामनत्री खड्काले बताए । वर्तमान सरकार गठन भएको डेड् वर्ष वित्दा पनि जनताले देशमा सरकारको अनुभुति गर्न नपाएको उनले आरोप लगाए ।

नया“ शक्तिका केन्द्रिय नेता का“ग्रेसमा
नया“ शक्ति नेपालका वैकल्पिक केन्द्रिय सदस्य शेरवहादुर शाही नेपाली का“ग्रेसमा प्रवेश गरेका छन् । नेपाली का“ग्रेस जाजरकोटको जिल्ला सम्मेलनमा महामन्त्री पुर्णवहादुर खड्काले फुलमाला र अविर लगाएर शाहीलाई का“ग्रेस प्रवेश गराएका हुन् । ४० वर्ष वाम राजनीति राजनीतिमा विताएका शाहीले का“ग्रेसमा प्रवेश गरेका हुन् । १८ औं शताव्दीका माक्सवादी सिद्धान्तले वर्तमान समयमा सफल र असल लोकतन्त्रको अभ्यास गर्न नसक्ने र नेपाली वामपन्थी आन्दोलन सिद्धान्त विहिन भएका कारण नेपाली का“ग्रेसमा प्रवेश गरेको शाहीले वताए । जनताको निम्ति चाहिने असल विचार भनेको वहुदलीय प्रतिष्पर्धामा आधारित लोकतान्त्रिक समाजवाद नै भएकोले नेपाली का“ग्रेसको सिद्धान्त रोजेको शाहीले वताए । अवको नेपमालमा सम्पुर्ण युवा र राजनीतिलाई सहि नेतृत्व दिन सक्ने पार्टी नेपाली का“ग्रेस नै भएकोले का“ग्रेसमा आएको उनको भनाई छ ।

कम्युनिष्ट पार्टी र सत्ताले केहि पनि गर्न सक्दैन भन्ने कुरा वर्तमान दुइ तिहाई वहुमतको सरकार हेरे पुग्ने शाहीले वताए । सधै एउटै व्यक्तिको अधिनायकवाद मान्नु नै कम्युनिष्ट सत्ताको विशेषता भएकोले का“ग्रेस रोजेको शाहीले वताए । शाहीलाई पार्टीमा स्वागत गर्दै महामन्त्री खड्का र का“ग्रेसका अन्य नेताहरुले पार्टी भित्र शाहीलाई उचित जिम्मेवारी दिइने वताए । नेकपा माले र नया“ शक्ति नेपालको तर्फवाट पटक पटक प्रतिनिधि सभा सदस्यमा उम्मेदवार भएका शाही वावुराम भटराई प्रधानमन्त्री हुदा नलसिंहगाड नलविद्यूत आयोजना विकास समितिको अध्यक्ष भएका थिए ।शाही संगै कम्युनिष्ट नेताहरु जनकवहादुर शाही, चन्द्रप्रकाश अधिकारी र मानवहादुर शाहीले पनि का“ग्रेसमा प्रवेश गरेका छन् । तस्वीरहरु बीबीएस ।




फेसबुकबाट तपाईको प्रतिक्रिया