गाउँमा खानेपानी आएपछि …

बद्री पन्त
जाजरकोट १९, जेठ
बारेकोट गाउँपालिका ९, काप्तीकी ४७ बर्षिया शिला बुढाको घरमै खानेपानीको सुविधा पुगेपछि खुसीले गदगद छिन् । लामो समय देखि शुद्ध खानेपानी समस्या भोगेकी बुढा पानी पुगेपछि सुखका दिन आएको बताउछिन् । काप्तीबासीले अब देखि शुद्ध खानेपानीको सुविधा पाएका छन् । २५ घरधुरीले सपmा पानीखाना पाउनुको साथै महिलाहरुलाई सुविधा भएको वडा अध्यक्ष शसीराम गौतमले बताउनु भयो । पानी सुविधा भएपछि महिलालाइ समयको बचत भएको छ भने स्थानीयले शुद्ध पानी पाएका गौतमको भनाइ छ । पानी वोकेर धेरै दुख पाएका स्थानीयलाइ राम्रो सुविधा पुगेको छ ।


लामो सय देखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयबासी २४ सैं घण्टा धारामा शुद्ध खानेपानीको सुविधा उपलब्ध भएपछि निकै हर्षित भएका छन् । काप्तीगाउँमा काल छरा खानेपानी योजना निर्माण गरिएको हो । घरमा चौविसै घण्टा पानी आउन थालेपछि स्थानीय खुसी भएका छन । पानी नहुँदा लुगा धुन, नुहाउन, चर्पीमा पानी प्रयोग र अन्य सरसफाई गर्न निकै समस्या भोगेका स्थानीयको अहिले भने अवस्था फेरिपछि दंग परेका छन ।
बर्षौ देखि कुवा, खोला र खोल्साको दुषित पानी खादै आएका स्थानीय अहिले शुद्ध पानी खाना पाउदा हर्षित भएका छन । शुद्ध पानीको अभावमा झाडापखाला लगायतका पानीजन्य रोगको प्रकोपबाट पिडित स्थानीयले अबदेखि मुक्ती पाउने भएका छन । पानी ल्याउन लाग्ने समयमा घरको अरु कामकाज गर्न समयको बचत भएको छ । खानेपानी आएपछि अहिले निकै सजिलो भएको स्थानीय कल्क्षे बोहराले बताए । काप्तीगाउँमा खानेपानी निर्माण गर्न गाउँपालिकाको ४ लाख आर्थिक लागत र स्थानीयको ६० हजार श्रमदानबाट खानेपानी निर्माण भएको हो । उक्त खानेपानीबाट २५ घरधुरिलाई पायक पर्ने गरि ४ वटा धारा राखिएको छ । दिनरात धारामा पानी आएको छ । स्थानीले सपmा पानी खाना पाएका छन् । २ कीलोमीटर टाढाको दुरीबाट पानी ल्याइएको हो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया