उपाध्यक्ष ओमा शाहीले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०७६/०७७ को बजेट बक्तव्य
गाउँ सभाका अध्यक्ष ज्यू,
सभाका सदस्य ज्यूहरु,
आज बारेकोट गाउँपालिकाको आठौं गाउँ सभाको सन्दर्भमा बारेकोट गाउँपालिकाको आर्थिक वर्ष ०७६।०७७ को बजेट, योजना तथा कार्यक्रम सार्वजनिक गर्न पाउँदा म निकै नै हर्षित छु ।
बारेकोट गाउँपालिकाको समृद्धि र समग्र विकासका लागि गाउँपालिकाको बजेट, योजना तथा कार्यक्रम मार्फत समृद्ध र विकाससील बारेकोट निर्माण गर्ने पथमा हिडाउने महत्वपुर्ण भुमिका खेल्न पाउँदा म व्यक्तिगत रुपमा गर्वको महशुस गर्दछु ।
जाजरकोट जिल्ला भौगोलिक हिसाबले दुर्गम जिल्ला हो । त्यसमा पनि कर्णालीको जुम्ला र डोल्पा जिल्लासँग जोडिएको बारेकोट क्षेत्र राज्यबाट सँधै नजर अन्दाज गरिएको ठाउँ हो । देश संघीय संरचनामा गइसकेपछि जनताले नजिकबाट सरकारसँग आफ्ना माग, आवश्यकता, चाहानाहरु सजिलैसँग राख्न सक्ने अवस्था सिर्जना बनेको छ । जुन सबैका लागि सुखद् पक्ष हो । तसर्थ यो व्यवस्थालाई मजबुद बनाई आगामी कार्यदिशा जनकेन्द्रित बनाउनु सिगंो गाउँपालिका र जनप्रतिनिधिका लागि चूनौतीको विषय बनेको छ । यद्यपि बारेकोटमा प्रकृतिले वरदान स्वरुप दिएका थुप्रै संभावनाहरु हामीसँग छन् । जल, जमिन, जंगल, जडिबुटी लगायत थुप्रै प्राकृतिक स्रोतहरु परिचालन गर्न सकेमा गाउँपालिकाले विकासका सम्भावनाहरुलाई मुर्त रुप दिन सक्छ भन्ने विश्वास लिएको छु । उक्त सन्दर्भलाई आत्मसात् गर्दै भावी कार्यदिशा, गाउँपालिकाको आवश्यकता र जनताको विकासको माग अनुरुप बजेट विनियोजन गरिएको व्यहोरा यस सभा समक्ष अनुरोध गर्न चाहान्छु ।
सभा अध्यक्ष तथा सदस्य ज्युहरु
अव म आगामी आर्थिक बर्ष २०७६÷०७७ को बजेटका उद्देश्य तथा प्राथमिकता प्रस्तुत गर्न अनुमति चाहन्छु । बजेटका उद्देश्यहरु निम्न अनुसार प्रस्तुत गरेको छु ।
(क) नागरिकका मौलिक हक र अधिकारका रुपमा रहेको आवश्यकताहरु सिघ्र परिपुर्ती गर्दे जीवन स्तरमा गुणात्मक सुधार गर्ने ।
(ख) उपलब्ध स्रोत साधन, अवसर क्षमता उच्चतम उपयोग तथा न्यायिक वितरण गर्दै सामाजिक न्याय सहितको आर्थिक बिकास गर्ने राष्ट्रिय लक्ष्यलाई पुरा गर्न अधिकतम प्रयास गर्ने ।
(ग) आर्थिक भौतिक तथा सामाजिक पूर्वाधार विकास गरी सन २०३० सम्ममा मध्यम आय भएको मुलुकमा रुपान्तरण गर्ने राष्ट्रिय लक्ष्यलाई पछ्याउदै समुन्नत र समृद्ध समाजबाद उन्मुख अर्थतन्त्रको आधारशिला तयार गर्ने ।
माथि उल्लेखित बजेटका उद्देश्यहरु हासिल गर्न देहाय अनुसर नीतिगत कार्यक्रमगत प्राथमिकता निर्धारण गरेकोट छु ।
(क) चरम गरिवी अन्त्य र पिछडिएका क्षेत्र बर्ग र समुदायको शीघ्र उत्थान गर्दै सामाजिक सुरक्षाको बिस्तार सहित लोककल्याणकारी राज्य व्यवस्था निर्माणमा सहयोग पु¥याउने ।
(ख) भौतिक पूर्वाधार तर्फ सडकको नयाँ ट्याक खोल्ने कार्यलाई निरन्तरता दिने ।
(ग) क्रमागत भवन तथा खानेपानी योजनाहरुको आ.व. २०७६।७७ मा कार्य सम्पन्न गर्ने ।
(घ) शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्न गाउँपालिका शिक्षण अनुदानलाई निरन्तरता दिदैं भौतिक पूर्वाधारलाई जोड दिने ।
(ङ) स्वास्थ्य क्षेत्रका सूचकहरुलाई सकारात्मक दिशा उन्मुख गराउन आमा सुरक्षा कार्यक्रमलाई प्राथमिकता दिने ।
(च) कृषि तथा पशुजन्य वस्तु उत्पादन तथा व्यावसायिकरणलाई कृषकमैत्री बनाउन अनुदान प्रणाली अवलम्बन गर्ने ।
सभा अध्यक्ष तथा सदस्य ज्युहरु
आगामी आर्थिक वर्ष ०७६।०७७ को लागि प्रस्तावित बजेट, योजना तथा कार्यक्रमले निम्न बमोजिमका मूलभूत विषयहरुलाई समेटेको व्यहोरा यस सम्मानित सभामा अनुरोध गर्न चाहन्छु ।
आर्थिक वर्ष ०७६÷०७७ को वित्तीय समानीकरण तथा राजश्व बाँडफाँड तर्फ
१. पँुजीगत तर्फ
पुँजीगत तथा कार्यक्रम खर्च तर्फ १७ करोड ३८ लाख १७ हजार रुपैयाँ विनियोजन गरेको छु ।
क. आर्थिक विकास तर्फ
बारेकोटको समग्र कृषि विकास गरी आत्म निर्भर बारेकोट निर्माण गर्न कृषि बिकास तर्फ रु. ६९ लाख ५१ हजार तथा पशुपन्छी विकास ६५ लाख ३ हजार रकम विनियोजन गरेको छु । त्यस्तै पर्यटन तर्फ १४ लाख ५० हजार, सहकारी तर्फ ३ लाख गरी आर्थिक विकास तर्फ जम्मा १ करोड ४५ लाख १४ हजार रकम विनियोजन गरेको छु । यस आर्थिक बिकास तर्फको विस्तृत बजेट तथा कार्यक्रमको पूर्ण विवरण अनुसूची १ मा राखिरएको छ ।
ख. सामाजिक विकास तर्फ
बारेकोटको समग्र शिक्षा सुधारका लागि रु २ करोड ५५ लाख २६ हजार रुपैया विनियोजन गरेको छु । स्वास्थ्य शाखा एकमुष्ट रकम रु ४० लाख बिनियोजन गरेको छु । खानेपानी तथा सरसफाई तर्फ चा.लु आ.ब.मा संचालनमा रहेका क्रमागत ११ वटा योजनाहरु यस आ.व.मा सम्पन्न गर्ने र २ वटा योजनाहरु आगामी आ.व.बाट शुरु गर्ने गरी जम्मा १३ वटा खानेपानी योजनाहरुका लागि रु. ५१ लाख रुपैया बिनियोजन गरेको छु । यसैगरी लैंगिक समानता तथा सामाजिक समावेसीकरण तर्फ रु. १८ लाख ५० हजार विनियोजन गरेको छु । तसर्थ सामाजिक बिकास तर्फ कुल रकम रु ३ करोड ६४ साल ७६ हजार रुपैयाँ विनियोजन गरेको छु । हाल सम्म पनि माध्यमिक बिद्यालय संचालन नभएको वडा नं. ४ मा आगामी आर्थिक बर्षदेखि माध्यमिक बिद्यालय संचालनका लागि आवश्यक प्रक्रिया अगाडी बढाई पूर्वाधारको निर्माण गर्ने व्यवस्था मिलाएको छु ।
यस सामाजिक बिकास तर्फको विस्तृत वजेट तथा कार्यक्रमको पूर्ण विवरण अनुसूची २ मा राखिएको छ ।
ग. भौतिक पूर्वाधार तर्फ
कुनैपनि ठाउँको समग्र विकासको मेरुदण्ड भनेको पूर्वाधार हो । पूर्वाधारको विकास नभई गाउँपालिकाको विकास हुदैन भन्ने मान्यता अनुरुप आगामी आ.व.बाट जनतासंग सडक कार्यक्रम अगाडी सारी पूर्वाधारको विकासको लागि बढी जोड दिएको छ । जस अन्तर्गत सडक तथा पुल (झो.पु.समेत) तर्फ रु. ३ करोड ५७ लाख ५० हजार रुपैयाँ, भवन तथा शहरी विकासतर्फ रु. २ करोड ११ लाख रुपैयाँ, उर्जातर्फ रु. ५२ लाख रुपैयाँ, लघु तथा साना जलविद्युत (वैकल्पिक उर्जा समेत) तर्फ रु. १५ लाख र कन्टेन्जेन्सी तर्फ रु १८ लाख ९७ हजार गरी कूल रकम रु ६ करोड ३९ लाख ४७ हजार पूर्वाधार विकास तर्फ विनियोजन गरेको छु ।
यसको विस्तृत वजेट तथा कार्यक्रमको पूर्ण विवरण अनुसूची ३ मा राखिएको छ ।
घ. सुशासन तथा अन्तर सम्बन्ध तर्फ (अनुसूची ४)
वातावरण तथा विपद् व्यवस्थापन अन्तर्गत विपद् व्यवस्थापनमा रु. १५ लाख , वातावरणीय धुवाँरहित चुलो वितरण गर्नका लागि २७ लाख, ६० बर्ष देखि ७० बर्षका नागरिकलाई सामाजिक सुरक्षा भत्ताका लागि रु १५ लाख वहुक्षेत्रीय पोषण कार्यक्रमको समपुरकको लागि रु २० लाख र विधार्थीसंग अध्यक्ष रेडियो टी.भी कार्यक्रमको लागि रु ५ लाख लगायत अन्य बिभिन्न शिर्षक गरी जम्मा रु १ करोड ४४ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छु । यसको विस्तृत वजेट तथा कार्यक्रम पूर्ण विवरण अनुसूची ४ मा राखिएको छ ।
ङ कार्यालय संचालन तथा प्रशासनिक तर्फ (अनुसूची ५)
२. चालु तर्फ
आर्थिक वर्ष २०७६।०७७ का लागि चालु तर्फ कुल ४ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छु ।
चालू खर्च अन्तर्गत कर्मचारी पारिश्रमिक सुविधामा रु. १ करोड २८ लाख रुपैयाँ, पदाधिकारी पारिश्रमिक सुबिधामा रु ५६ लाख, कर्मचारी कल्याण कोषमा रु १५ लाख र अन्य विविध शिर्षकमा गरी कुल रु ४ करोड ४४ लाख रुपैया विनियोजन गरेको छु । यस कार्यालय संचालन तथा प्रशासनिक तर्फको विस्तृत वजेट तथा कार्यक्रमको पूर्ण विवरण अनुसूची ५ मा राखिएको छ ।
३. आन्तरिक श्रोत तर्फ
चालु आ व. मा प्रक्षेपण गरेको रु १५ लाख र प्राप्तीको आधारमा तुलना गर्दा आन्तरिक राजस्व लक्ष्य अनुरुप संकलन भएकोे छ । जसलाई आधार मानी आगामी आ.व मा रु १० लाख आन्तरिक श्रोत संकलन गर्ने लक्ष्य राखेको छु ।
४. सशर्त अनुदान तर्फ
त्यसैगरी सशर्त अनुदान तर्फ स्वास्थ्य, शिक्षा, कृषि, पशु, महिला विकास, नवीकरणीय उर्जा, महिला विकास तर्फ जम्मा रु १३ करोड १६ लाख रुपैयाँको सिलिङ प्राप्त भएकोले सो रकम स्वीकृत गरी खर्च गर्ने ब्यवस्था मिलाएको छु ।
५. दातृ निकाय
बिभिन्न दातृ निकायबाट प्राप्त बजेट सिलिड्ड अनुसार सुआहारा दोश्रो कार्यक्रमको रु १३ लाख ९० हजार, एकिकृत विकास समाज नेपालको रु ९ लाख ४२ हजार र स्वास्थ्यका लागि सक्षम प्रणालीको रु ८ लाख गरी कुल जम्मा रु ३१ लाख ३२ हजार रुपैया आ आफ्नो निर्देशिका अनुसारको कार्य गर्ने गरी स्वीकृती गरेको छु ।
सभा अध्यक्ष तथा सदस्य ज्युहरु
अब म माथिका क्षेत्रगत नीति तथा कार्यक्रमहरु कार्यन्वयनका लागि बजेट बिनियोजन र श्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्दछु ।
(१) आगामी आर्थिक बर्षका नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न रु ३० करोड ६९ लाख ६ हजार रुपैयाँ विनियोजन गरको छु । उक्त बजेट मध्ये रु. १३ करोड १६ लाख सशर्त अनुदान प्राप्त भएको छ । उक्त रकम विनियोजन गर्न नपर्ने देखिन्छ । तसर्थ कुल विनियोजन गर्नु पर्ने रकम रु. १७ करोड ३८ लाख १७ हजार मध्ये चालुतर्फ ४ करोड ४४ लाख रुपैयाँ अर्थात २५.५४ प्रतिशत र पुँजीगत तथा कार्यक्रम तर्फ रु १२ करोड ९४ लाख १७ हजार रुपैयाँ अर्थात ७४.४६ प्रतिशत रहेको छ ।
(२) आगामी आर्थिक बर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये संघीय सरकारबाट राजश्व वाँडफाँट शिर्षकमा ८ करोड ३४ लाख रुपैयाँ, वित्तिय समानीकरण अनुदान रु. ७ करोड ७३ लाख , प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदान रु. १ करोड १ लाख १७ हजार, गाउँपालिकाको आन्तरिक राजश्वबाट रु १० लाख र आ.व. २०७५।७६ मा खर्च हुन नसकी बाँकी रहने अनुमानित रकम रु. २० लाख गरी जम्मा रु.१७ करोड ३८ लाख १७ प्राप्त हुने अनुमान छ ।
सभा अध्यक्ष तथा सदस्य ज्युहरु
माथि विनियोजित बजेट अन्तर्गत बस्ती, वडा तथा विषयगत र एकीकृत हुदै प्राथमिकतामा परेका योजनाहरुको सफल कार्यान्वयनका लागि डिजाईन स्टिमेट, विस्तृत परियोजना प्रतिवेदनका आधारमा यहाँहरु सबैको रचनात्मक सुझाव, कार्यपालिकाको पूर्ण बैठकबाट पारदर्शी र सबै वडा वस्तीमा सन्तुलित रुपमा बजेट खर्च गर्न आवश्यक कार्यविधि, नीति नियमहरु निर्माण गरि कार्यान्वयन गर्ने व्यवस्था गर्नेछु ।
अन्त्यमा, प्रस्तावित बजेट योजना तथा कार्यक्रम तर्जुमा गर्ने क्रममा सुझाव प्रदान गरी सहयोग गर्नुहुने सम्पुर्ण बौद्धिक वर्ग, विषयगत समितिका सदस्य ज्युहरु, कार्यपालिकाका सदस्य ज्युहरु, वडापालिकाका सदस्यज्यूहरु तथा सम्पूर्ण बारेकोटबासीहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । कार्यक्रमको सफल कार्यान्वयनमा स्थानीय समुदायको ठूलो भूमिका हुने भएकाले स्थानीय समुदायले अपनत्व ग्रहण गरी यसको कार्यान्वयनमा सहयोग पु¥याउने अपेक्षा गरेको छु । प्रस्तावित कार्यक्रमबाट गाउँपालिकाले प्रदान गर्ने सेवा प्रवाहमा गुणात्मक सुधार आई सुशासन बृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छु ।
आर्थिक वर्ष ०७६।०७७ को बजेट योजना तथा कार्यक्रमको कार्यान्वयनमा बारेकोटवासी नेपाल सरकार, राजनीतिक दलहरु, नागरिक समाज, गैर सरकारी संघ–संस्था, र कर्मचारी लगायत सबैबाट सहयोगको अपेक्षा राखेको छु ।
धन्यवाद ।
ओमा शाही, उपाध्यक्ष तथा बारेकोट गाउँपालिका, जाजरकोट
२०७६ असार ९ गते
राराखबर । २०७६, १३ असार शुक्रबार