सुर्खेतको अध्यक्षमा जगतदल

सुर्खेत, १० मंसिर ।
रिपोर्टर्स क्लब नेपाल सुर्खेत शाखाको अध्यक्षमा जगतदल जनाला विक चयन भएका छन् । मंगलवार बीरेन्द्रनगरमा भएको भेलाले उपाध्यक्षमा रमा केसी, सचिवमा हृदय रिमाल, सह–सचिवमा विष्णु सापकोटा र कोषाध्यक्षमा पूर्ण वहादुर खड्का चयन भएका छन् ।
यस्तै सदस्यमा दिनेश बुढा, चेतनारायण पाण्डे,बसन्त भण्डारी चयन भएका छन् । भने एकजना महिला सदस्यलाई कार्यसमितिले मनोनयन बताएको छ ।


क्लवका प्रदेश सभापति लंक धमालाले नव गठित पदाधिकारीलाई बधाई तथा शुभकामना दिदै रिर्पोटर्स क्लव नेपालले गाउँगाउँमा पुगेर आम नागरिकका आवाज बुलन्द पार्ने गरी काम गर्न आग्रह गरेका थिए ।
बीबीसी नेपाली सेवामा कार्यरत पत्रकार प्रकाश पन्तले रिपोर्टर्स क्लव सुर्खेत शाखालाई समसामयिक मुद्धाहरुमा वहस गरी समाधान गर्ने तर्फ सहयोग पु¥याउने बताए ।
यस्तै प्रदेश महांसचिव सुशील खड्काले रिर्पोटर्स क्लवले सबै निकायसग सहकार्य गर्नुपर्नेमा जोड दिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया