तेक्वान्दोमा हर्मन माइनर विद्यालय प्रथम

सुर्खेत
सुर्खेतको बीरन्द्रनगरमा भएको तेक्वान्दो प्रतियोगीतामा एसओएस हर्मन माइनर विद्यालय सुर्खेत प्रथम भएको छ । युवा जागरण क्लव बीरेन्द्रनगरले आयोजना गरेको वडा, विद्यालय र जिल्ला स्तरीय प्रतियोगीतामा हर्मन माइनर प्रथम भएको हो ।


विद्यालयले ६ वटा स्वर्ण, ३ रजत र ६ वटा कास्य पदक गरी १५ वटा पदक जितेको विद्यालयका खेलकुद शिक्षक गंगाराम आचार्यले बताए ।
४९ केजी तौलसमुहमा अनु जिसी, ५५ केजीमा पुजा गाहा, ५१ केजीमा दिप्ती नेपाली, ३४ केजीमा पवल बलामी र ३७ केजीमा अविशेष रोकाय स्वर्ण पदक जितेका छन् ।


२७ केजी तौल समुहमा सिमरन परियार, ४७ केजीमा आर्या खड्का र नमना नेपालीले रजत पदक जितेका छन् । यस्तै ३० केजी तौल समुहमा दुर्गा लम्साल, ४९ केजीमा रविन्द्र बुढा, २२ केजीमा किरण बुढा, ४० केजीमा संजय सिंह र ४९ केजीमा जीवन रम्जालीले कास्य पदक जितेको बताएको छ ।


प्रतियोगीतामा सवै तौल समुहमा हर्मन माइनर विद्यालयका विद्यार्थीको प्रर्दशन उत्कृष्ट रहेको पनि आचार्यले बताए । यही फाल्गुन १६ देखि १८ गतेसम्म संचालन भएको प्रतियोगीतामा २९ वटा विद्यालयको सहभागीता थियो ।

बीरेन्द्रनगर नगरपालिका १२ नम्वर वडाको आर्थिक सहयोग र जिल्ला तेक्वान्दो संघ सुर्खेतको समन्वयमा युवा जागरण क्लवले प्रतियोगीता आयोजना गरेको थियो ।

(तस्वीरहरु गंगाराम आचार्य, शिक्षक एसओएस हर्मन माइनर विद्यालय )




फेसबुकबाट तपाईको प्रतिक्रिया