१८९जनामा सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १४०१ पुग्यो

नेपालमा शनिवार थप १८९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १४०१ पुगेको छ।

शनिवार एकै दिन हालसम्मकै सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको हो।

शुक्रवार एकै दिन १७० जनामा नयाँ सङ्क्रमण पुष्टि भएको थियो।

बिहीवार १५६ जना र बुधवार ११४ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको थियो।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार अहिलेसम्म निको हुनेको सङ्ख्या २१९ छ।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले देशभरि १ लाख १० हजार ७८ जना व्यक्ति क्वारन्टीन र ११७६ जना आइसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै छन्।(बीबीसीबाट)




फेसबुकबाट तपाईको प्रतिक्रिया