कर्णाली प्रदेशमा शुक्रवार सय जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यो सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ४ सय ८९ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतले गरेको परीक्षणमा थप १ सय जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।
दैलेखका ९० जना, जुम्लाका ३ जना, सुर्खेत, हुम्ला र जाजरकोटका १ १ गरी जनामा पनि कोरोना भाइरस संक्रम पुष्टी भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दोलखा, रामेछाप र गोरखाका १ १ गरी थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ आएको छ ।
जाजरकोट र हुम्लामा पहिलो पटक संक्रमण पुष्टि
जाजरकोट र हुम्ला जिल्लामा पहिलो पटक एक एक जनामा व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
हुम्लाको चंखेली गाउँपालिका ३ का ५८ बर्षका पुरुष र जाजरकोटको भेरी नगरपालिका १० का १९ बर्षीय युवामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
दैलेखमा अनिश्चितकालिन निशेधाज्ञा
दैलेखका क्वारिन्टीनमा बसेका व्यक्तिहरुले होहल्ला गर्ने, अनुशासनमा नरहने जस्ता गतिविधी गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले दुल्लु र नारायण नगरपालिका क्षेत्रभित्र अनिश्चितकालिन निशेधाज्ञा जारी गर्नु परेको छ ।
एकतिर दिनदिनै कोरोना भाइरस पुष्टी हुने क्रम बढदै गएको र अर्कोतिर क्वारिन्टीनमा बसेका मान्छेहरु पनि अनुशासनमा बस्न नसक्ने, जति सम्झाउँदा पनि नमानेर आफन्तहरु भेटन क्वारिन्टीनमा आइरहने भएकोले संक्रमण फैलिन नदिन निशेधाज्ञा जारी गर्नु भएको दैलेखका प्रमुख जिल्ला अधिकारीयुवराज कटेलले बताए ।
राराखबर । २०७७, २३ जेष्ठ शुक्रबार