जाजरकोटमा सलहको आतंक, फलफुल र बालीनाली सखाप

बद्री पन्त/ पदम केसी
जाजरकोट
जाजरकोटमा सलह किराको आतंक बढेको छ । जिल्लाको विभिन्न स्थानमा बालीनाली लगाएतमा ठुलो क्षती पु¥र्याएको छ ।
सलहले बालीनानी खाइदिन थालेपछि स्थानीय चिन्ताका परेका छन् ।
जिल्लाको सबै क्षेत्रमा एकै साथ प्रवेश गरेको सलह किराको झुण्डले किसानले लगाएको धान, मकै, कोदो, भटमास लगायत तरकारी खेतीमा व्यापक क्षति पुर्याएको छ ।
सबैतीर सलहले व्यापक क्षेती गरेको छ । स्थानीयले दुख गरेर लगाएको बालीनाली तथा तरकारी फलफुल खेती नष्ट गरेपछि भोकमरी बड्ने स्थानीयको चिन्ता छ ।


एक पछि अर्को सलहको झुण्ड गाउँमा प्रवेश गरेपछी धपाउन मुश्किल भएको छ । चारैतिर सलहले धेरेकोछ ।
दुख गरेर बालीनाली लगायो सलहले सखाप पारिदियो के गर्ने कहाँ जाने समस्या भयो भन्नु हुन्छ बारेकोट २ लिम्साकी हस्तकुमारी रोकाय ।
गाउँगाउँमा सलहले मकै बाली, फलफुल मात्र नोक्सानी गरेको छैन पशुबस्तुलाई खुवाउने घाँस, बोटविरुवामा क्षेती पुर्याएको मात्र छैन यसलाई समयमै नियन्त्रण गर्न नसकिए ठूलो क्षति पु¥याउने बारेकोट गाउँपालिकाका निमित्त प्रमुख प्रसासकीय अधिकृत गोविन्दबहादुर सिंहले बताए ।
सलहले जिल्लाको बारेकोट गाउपालिका, नलगाड नगरपालिका, शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, कुशे गाउँपालिका, जुनीचाँदे गाउँपालिका लगाएत स्थानमा बढी बालीनाली सखाप पारेको छ ।
स्थिानीयले सलहको झुन्ड धपाउन थाल ठटाउँने, बाजा बजाउने, धुवा लगाउने लगाएत अनेक उपाए गरेपछि धपाउन कठिन भएको छ ।
भखरै धान चौंर र घोगा लागि सकेको मकैको पात डाँठ सलहको झुण्डले खाने गरेको छ । यसले रुख तथा बोट विरुवामा पनि क्षती गर्ने गरेको छ ।


सलह नियन्त्रण गर्न बर्खाको समयमा विषादी छर्के पनि काम पानीले पखालेर लैजाने गर्छ ।
यो एक ठाउँमा क्षती गर्ने र फेरी अर्को ठाउँमा गएर क्षती गर्ने भएकाले नियन्त्रण गर्न चुनौती भएको बताउनु हुन्छ कृषि विकास उप शाखा बारेकोटका बाली संरक्षण अधिकृत ऐनबहादुर कार्की ।
सलहको झुण्ड भगाउन किसानले बाजा बजाउने, ठूलो स्वरमा कराउने र थाल ठटाउने, आगोको धुवा बाल्ले लगाएत कार्य गरेका छन् । दिन प्रतिदिन सलहको झुण्ड जिल्ला भर पुगेको छ । यसलाई धेरै स्थानमा स्थानीयले छोपेर खाने गरेका छन ।
जस्ले गर्दा फेरी अर्को महामरी निम्तीने खतरा बढेको छ । सलह किरा नियन्त्रण गर्न राज्यले विशेष जोड दिनु आबश्यक छ ।

यस्तै नलगाड नगपालिका ४ का किसानहरु समस्यमा परेका छ्न ।
सलह किराले हरियो बोट बिरुवाहरु नस्ट पार्ने भएकाले लगाएको मकै,खुर्सानी , सागसब्जीहरु समेत जोखिममा रहेकोले पेट पाल्ने बाटो बन्द हुने हो कि भन्ने पनि चिन्तामा परेका नलगाड नगरपालिका ४ खाल्चौरका युवा उध्यमी किसान केशब बहादुर रावले बताउछन।


सलह किरा नियन्त्रण गर्नका लागि किसानहरुले सरोकारवालाइ निकाय सङ्ग आग्रह समेत गरेका छ्न। नलगाड नगरपालिका ४ मा रहेका कोठिगाउ, पाटा, भाचिउरा, प्यारघरा, चचुलाइन, सार्किपागरा, माजगाउ, खाल्चौर, औल, सिमा, दारफागा, बाउसिखोला लगाएतका करिब ८०० घरपरिवारको करिब १ हजार रोपनी जमिनमा मकै बाली लगाएको वडाध्यक्ष लक्ष्मि बहादुर रावलले बताएका छन।
भर्खरै गोडमेल गरेर सक्काएको मकैमा सलह किरा लागेमा बर्ष भरी कसरी गुजारा चलाउने भन्ने चिन्ताले सताउन थालेको किसानहरु बताएका छन।
बर्ष भरी खाना पुग्ने मकै खेतीमा सलह लागेमा जाजरकोट लगाएतका जिल्लाका गाउगाउमा भोकमरी पर्ने सम्भाबना बढ्दो भएको बिग्यहरु बताउछ्न।




फेसबुकबाट तपाईको प्रतिक्रिया