अध्यक्षमा रीता पुन

टुकमाया घर्ती
जाजरकोट
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जाजरकोटको अध्यक्षमा रीता पुन निर्वाचित भएकी छन् । शनिबार भएको अधिवेसनबाट उनी अध्यक्ष निर्वाचित भएकी हुन ।
७ सदसिय कार्यसमितिको उपाध्यक्षमा बागेश्वरी भडेल, सचिवमा धनसरा पुन, सहसचिवमा कल्पना थापा र कोषा्ध्यक्षमा पुर्णिमा पुन निर्वाचित भएकी छन् । यस्तै सीता चौधरी र बसन्ता पुन सदस्य रहेका छन् ।


राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कर्णाली प्रदेशकी अध्यक्ष मनसरा थापा मगरको प्रमुख आथित्यतामा अधिवेसन सम्पन्न भएको थियो । निर्वाचित सवैलाई बधाई तथा शुभकामना दिदै अध्यक्ष थापा मगरले समग्र महिलाको हक अधिकार स्थापित गर्न सुझाव दिइन ।




फेसबुकबाट तपाईको प्रतिक्रिया