राराखबर संवाददाता
सुर्खेत, १६ जेठ
गणतन्त्र दिवसको अवसरमा सुर्खेत कारागारका १५ जना कैदीलाई बाँकी सजाय मिनाह गरि छाडिएको छ ।
सरकारले कारागार ऐनअनुसार उनीहरुको वाकी सजाय मिनाह गरी छाडेको हो ।सरकारले विशेष अवसरमा मापदण्ड पुगेका र कानुनले बन्देज गरे बाहेकका मुद्दामा कैदी जीवन बिताउँदै आएकाको हकमा बाँकी सजाय मिनाह गरिदिँदै आएको छ । १५ जनाको ४० प्रतिशत कैद भुक्तान गरिसकेका र चालनचलन असल रहेका कैदी छाडिएको सुर्खेत कारागारका जेलर डिलवहादुर कार्कीले वताउनु भयो ।
उहाँले जिल्ला प्रशासन कार्यालयले सिफारिस गरेका १६ मध्ये १५ जनालाई सरकारले गणतन्त्र दिवसको अवसरमा छाडेको जानकारी दिनुभयो । बाँकी सजाय मिनाह भएर कारागार मुक्त हुनेमा वीरेन्द्रनगर–६ का जगत प्याकुरेल, दशरथपुर – ५ का पूर्णवहादुर कुमाल, तातापानी–५ का काशीराम जोशी, श्रीनगर –३ मुगुका नन्दराम मल्ल र संगीता मल्ल रहेको जिल्ला कारागार सुर्खेतले जनाएको छ ।
यस्तै झाप्रा–६ जनाजरकोटका वीरबल पुन, गुटु–८ सुर्खेतका गोपाल नेपाली, गुटु–८ कै शोभा विसी, विद्यापुर–७ सुर्खेतका नवीन महतरा, वीरेन्द्रनगर–१२ का राजु शाही, गर्पन– ३ का यामलाल ढकाल रहनु भएको छ । साटाखानी–४ सुर्खेतका कृष्णवहादुर दर्लामी मगर, वीरेन्द्रनगर–११ का टेकवहादुर मल्ल, गढी –१ का नगेन थापा र काफलकोट –१ का रंग वस्नेत पनि वाकी कैद मिनाह भएर जेलमुक्त हुनु भएको जेल डिलवहादुर कार्कीले वताउनु भयो ।
जेलमुक्त हुनेहरु कर्तव्य ज्यान, कुटपिट लटुपिट, ज्यान मार्ने उद्योग, वहुविवाह, आगलागी, गर्भपतन गराएको मुद्धामा जेल परेका व्यक्तिहरु रहेको उहाँले उल्लेख गर्नुभयो । गएको दशैको अवसरमा ८ जना कैदीहरुको वाकी सजाय मिनाह गरेर जेल मुक्त गरिएको वताइएको छ । २५ जना क्षमता रहेको सुर्खेत कारागारमा २३ महिला र १ सय ४० पुरुष गरी १ सय ६३ जना रहेको जेलर कार्कीले वताउनु भयो । उनीहरु सबैलाई आज दिउसो जेल मुक्त गरीएको पनि उहाले बताउनु भयो ।
कारागार ऐन, कारागार नियमावली र कैद माफी–मिनाह कार्यविधिअनुसार प्रमुख जिल्ला अधिकारीको स्पष्ट रायसहित माफी–मिनाह सिफारिस गर्न पाउने अधिकार कारागार प्रमुखलाई रहेको छ । गृह मन्त्रालयले जिउ मास्ने–बेच्ने, जबरजस्ती करणी, कैदबाट भागे–भगाएको, भन्सार चोरी– निकासी–पैठारी, लागुऔषध कारोबार, भ्रष्टाचार, जासुसी, संरक्षित वन्यजन्तु, पुरातात्विक वस्तुसम्बन्धी, ठगी, संगठित अपराध, बालबालिकाविरुद्ध यौनशोषणलगायत अपराध, शरीर बन्धक तथा अपहरण बाहेक मुद्दाका कैदीलाई मात्र वाकी सजाय मिनाह गरी असल चालचलनको आधारमा जेल मुक्तको लागि सिफारिस गर्ने गरेको वताएको छ ।
नाम ठेगाना तोकिएको कैद भुत्तान गरेको कैद मुद्धाको प्रकृति
जगत प्याकुरेल वीरेन्द्रनगर ६ सुर्खेत २० वर्ष ८ वर्ष ६महिना १५ दिन कर्तव्य ज्यान
पूर्णबहादुर कुमाल दशरथपुर ५ २० वर्ष ८ वर्ष ३ महिना कर्तव्य ज्यान
काशीराम जोशी तातापानी ५ २० वर्ष ९ वर्ष ५ महिना २७ दिन कर्तव्य ज्यान
नन्दराम मल्ल श्रीनगर ५ मुगु १ वर्ष ६ महिना ६ दिन कुटपिट लुटपिट
संगिता मल्ल ’’ ’’ ’’ ’’
बिरवल पुन झाप्रा ६ जाजारकोट ५ वर्ष २ वर्ष ९ महिना २० दिन ज्यान मार्ने उद्योग
गोपाल नेपाली गुटु ८ सुर्खेत १ वर्ष ६ महिना १४ दिन १ बर्ष २ महिना १३ दिन बहु बिवाह
शोभा बि.क. ’’ ’’ ’’ ’’
नवीन महतारा बिद्यापुर ७ सुर्खेत १ वर्ष ७ महिना २६ दिन ’’
राजु नेपाली वीनपा १२ सुर्खेत ११ महिना ४ दिन ८ महिना ५ दिन ’’
यामलाल ढकाल गर्पन ३ सुर्खेत २१ वर्ष ६ महिना ८ वर्ष ९ महिना २६ दिन कर्तव्य ज्यान
कृष्ण दर्लामी मगर साटाखानी ४ सुर्खेत ४ बर्ष १ बर्ष १० महिना ९ दिन आगलागी
टेक ब.मल्ल वीनपा ११ ३ वर्ष ५ महिना ७ दिन २ बर्ष १५ दिन गर्भपत गराउने
नगेन थापा गढी १ सुर्खेत १ बर्ष ७ महिना २६ दिन बहुबिवाह
रंग वस्नेत काफलकोट १ सुर्खेत २० बर्ष ८ बर्ष ७ महिना २४ दिन कर्तव्य ज्यान
स्रोत जिल्ला कारागार, सुर्खेत
राराखबर । २०७३, १६ जेष्ठ आईतवार