खड्क पोखरेल प्रदेश सभा सदस्यमा निर्वाचित

प्रतिद्वन्द्वीलाई ३ हजार ७५ मतले पछि पार्दै सुर्खेत १ (क) मा नेपाली नेपाली काँग्रेसका उम्मेदवार खड्क पोखरले निर्वाचित भएका छन्। उनी काँग्रेस सुर्खेतका सभापति पनि    हुन्।

गठबन्धनबाट उम्मेदवार बनेका पोखरेलले  १८ हजार २६३ मत र  नेकपा एमालेका उम्मेदवार ठम्मर विष्टले १५ हजार १८८ मत पाएका छन्।

२०७४ मा नेकपा (माओवादी केन्द्र)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका बिष्ट केही समयअघि एमाले प्रवेश गरेका थिए।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया