सुर्खेत । नेकपा एमाले र माओवादी केन्द्र बिचको गठबन्धन भत्किएको लामो समय सम्म पनि कर्णाली प्रदेश सरकारमा सहभागी नभएको नेपाली कांग्रेस आज सरकारमा सहभागी हुने कांग्रेस नेताहरू बताएका छन् ।
नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीले आज पदभार ग्रहण गरेको र आजै कांग्रेस सरकारमा सहभागी हुने कांग्रेस नेताहरूको भनाई छ।
सरकारका पठाउने मन्त्रीहरूको नामको टुङ्गो लगाउन विषयमा लामो समय देखीको कांग्रेस भित्रको रसा कसी सकिएको र अन्ततः जाजरकोटबाट निर्वाचित सांसद राजीव विक्रम शाहको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने ती नेताहरूको भनाई छ।

दैलेखका सांसद घनश्याम भण्डारी, सल्यानका सुरेश अधिकारी र हुम्लाकी विजया बुढा मन्त्री बन्ने भएका छन्। सरकारबाट बाहिरिएको माओवादी केन्द्रकै भागमा रहेका मन्त्रालयहरू पाउने गरी मन्त्रीहरूको जिम्मेवारी तोक्ने गरी कांग्रेसले मन्त्री सिफारिस गरेको छ।
शाह आर्थिक मामिला तथा योजना, भण्डारी सामाजिक विकास, अधिकारी उद्योग पर्यटन वन तथा वातावरण र बुढालाई ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिने गरी टुङ्गो लगाइएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन शाहीले जानकारी दिए।
कांग्रेस सरकामा सहभागी भएसँगै प्रदेश सरकारले पूर्णता पाउने छ। कर्णाली सरकारका ७ मन्त्रालय मध्ये आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री यमलाल कँडेल आफैले राखेर राज्यमन्त्रीमा गौमता विकलाई नियुक्त गरेका छन्।
भौतिक पूर्वाधार मन्त्रालयमा कृषिमा विनोद कुमार शाह मन्त्रीका रूपमा काम गर्दै आएका छन्।
राराखबर । २०८१, १८ श्रावण शुक्रबार