कर्णाली प्रदेशमा मनाइयो संविधान दिवस

सुर्खेत । संविधान दिवसको अवसरमा कर्णाली प्रदेशमा आज विशेष समारोह आयोजना गरिएको छ ।

संविधान दिवसको मूल समारोहमा मूख्यमन्त्री यामलाल कडेंल प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् । साथै संविधान दिवस मूल समारोहमा मन्त्रीहरू र विभिन्न राजनीतिक दलका नेताहरू र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले साँस्कृतिक झाँकी प्रस्तुत गरेका छन् ।

नेपाली जनताको सातदशक लामो संघर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो । सोही दिनको स्मरणमा सरकारले ३ असोजलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको रूपमा मनाउने गर्दछ ।

संविधान दिवसको अवसरमा मूख्यमन्त्री, प्रदेश प्रमुख ,प्रदेश सभा अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष नेताहरुले शुभकामना सन्देश र मार्फत उल्लासमय वातावरणमा राष्ट्रिय दिवस भव्य रूपमा मनाउन आह्वान गरेका छन् ।

सरकारले संविधान दिवसका अवसरमा राष्ट्रिय झण्डा फहराउन र घरघरमा दीपावली गर्न सबैमा आह्वानसमेत गरेको छ ।

हेर्नुहोस् तस्वीरहरूः




फेसबुकबाट तपाईको प्रतिक्रिया