टुकमाया घर्ती – जाजरकोट
नलगाड नगरपालिका -४ लहँमा भएका निशुल्क आँखा शिविरमा ११०जनाले सेवा पाएका छन्। नेपाल नेत्र ज्याेती संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम अन्तर्गत निशुल्कल शिविर गरिएको हो ।
लहँमा पहिलाे पटक शिविर सञ्चालन हुँदा वडावासीलाई निकै सहयोग पुगेकाे वडा अध्यक्ष बर्दी पन्तले बताए । उनले भने, वडाले पहल गरेर याे कार्यक्रम ल्याउन सफल हुँदा विशेष गरी जेष्ठ नागरिक र अपांग भएका व्यक्तिलाई सुविधा पुगेको छ ।
८६ वर्षकी आमाले पनि सेवा दिन पाउँदा ज्यादै खुशी लागेकाे र वडाको सहकार्यमा कार्यक्रम सफलतापुर्वक गरिएकाे सामुदायिक संयाेजक निर्मला सुनारले बताइन्।
८६वर्षिय बिष्णु रावलले आफु हिड्न नसक्ने भएकोले दुवै आँखा माेति विन्दु भएकाे थाहा पाएकाे बताइन्। माेतिविन्दुका बिरामीलाई दल्लीमै अपरेशन गर्ने नेत्र ज्याेती सघंका दल्लीका निरिक्षक डाक्टर टंक हमालले जानकारी दिए।
दृष्टि क्षमताकाे जाँच, आँखामा एलर्जी, माेती बिन्दु भएका, आखाँमा सुख्खापनको समस्या भएका बिरामीहरूकाे उपचार पनि उनले बताए ।
राराखबर । २०८१, ३ आश्विन बिहीबार