सुर्खेत
प्रदेश अस्पताल सुर्खेतमा भएका मृगौला प्रत्यारोपण सत प्रतिशत सफल भएका छन् ।
दुई बर्षको अवधिमा गरिएको ६ जनाको मृगौला प्रत्यारोपण सवै सफल भएको अस्पतालका निर्देशक डा. केशर ढकालले बताए ।
नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहकार्यमा प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु गरिएको हो ।
कर्णालीमा प्रत्यारोपण सेवा सुरु भएपछि देशै भरमा नागरिकले पनि सेवा लिएको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताए ।
अस्पतालले अहिले भएका बाहेक अरु विशेषज्ञ सेवा पनि विस्तार गर्ने तयारी गरेको निर्देशक ढकालले बताए ।
पछिल्लो पटक प्रदेश अस्पतालमा क्यान्सर रोगको उपाचारका लागि अंकोलोजी सेवा संचालन गरिएको छ भने शल्यक्रियाका अरु सेवा पनि विस्तार गरिएको छ ।
यस्तै मुटु रोगको लागि क्याथल्याब सेवाको परीक्षण सम्पन्न भएको छ ।
राराखबर । २०८१, २१ फाल्गुन बुधबार