जाजरकोटमा काँग्रेसका खड्कबहादुर विसीको चर्चा: ‘हेभिवेट’ बीच युवा उम्मेदवारको बलियो उदय

विपक्षीमा असन्तुष्टिको लहर, काँग्रेसमा एकता: विसीको जित्ने आधार के के?

 

जाजरकोट आउदो फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावी  प्रतिस्पर्धामा नेपाली काँग्रेसका युवा उम्मेदवार खड्कबहादुर विसीको चर्चा जाजरकोटका गाउँ-बस्तीमा निकै चुलिएको छ ।

पहिलो पटक प्रतिनिधि सभा सदस्यको दौडमा उत्रिएका विसी नयाँ पुस्ता र परिवर्तनकारी मतदाताका लागि ‘आशाको केन्द्र’ बनेका छन् ।

प्रतिस्पर्धी ‘टेस्टेड’, विसी ‘नयाँ र लोकप्रिय’

विगतमा पटक-पटक चुनाव जितेर सत्ता र शक्तिमा पुगिसकेका नेकपाका हेभिवेट उम्मेदवार शक्तिबहादुर बस्नेत र दोस्रो पटक मैदानमा रहेका एमालेका डम्बरबहादुर सिंहका तुलनामा विसी युवा र ऊर्जावान् मानिन्छन् ।

काँग्रेस कार्यकर्ताका अनुसार जाजरकोटका मतदाताहरू पुराना अनुहारबाट थाकिसकेकाले यसपटक ‘अनटेस्टेड’ तर भिजन भएका विसीप्रति आकर्षण बढेको हो ।

विपक्षीको असन्तुष्टि: काँग्रेसलाई ‘सुनौलो मौका’

यसपटक जाजरकोटमा नेकपा र एमालेभित्रको आन्तरिक कलहले काँग्रेसलाई थप सहज बनाएको देखिन्छ ।

टिकट वितरणलाई लिएर नेकपाका प्रभावशाली नेता तथा पूर्वमन्त्री गणेशप्रसाद सिंहले पार्टी छाड्ने घोषणा गर्नु र एउटै अनुहार दोहोरिँदा कार्यकर्तामा देखिएको नैराश्यता विसीका लागि ‘प्लस पोइन्ट’ बनेको छ ।

यस्तै, नेकपा एमालेभित्र पनि टिकटलाई लिएर असन्तुष्टि छ । जुनिचाँदे गाउँपालिकाका अध्यक्ष बेदबहादुर शाहीले सामाजिक सञ्जालमार्फत पार्टी परित्यागको घोषणा गरेपछि एमालेको भोट बैंकमा धक्का लाग्ने निश्चित छ ।

विपक्षी दलहरूमा देखिएको यो विग्रह र काँग्रेसभित्रको अभूतपूर्व एकता नै विसीको जितको मुख्य आधार भएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

विसीको जित्ने ५ बलियो आधार:

पश्चिम जाजरकोटको ‘सेन्टिमेन्ट’: जाजरकोटको पश्चिम क्षेत्रबाट विसी एक्लो उम्मेदवार हुन्, जसले गर्दा सो क्षेत्रको ठुलो मत उनलाई जाने देखिन्छ ।

समानुपातिकको अग्रता: २०७९ को निर्वाचनमा दलहरूले पाएको समानुपातिक मतमा नेपाली काँग्रेस जाजरकोटमा सबैभन्दा अगाडि छ ।

युवा क्रेज: नयाँ मतदाता र युवाहरूमाझ विसीको लोकप्रियता अन्य उम्मेदवारको तुलनामा बढी छ ।

 विपक्षमा विद्रोह: नेकपा र एमालेका असन्तुष्ट कार्यकर्ताहरूको मत विसीले ‘क्यास’ गर्ने सम्भावना बलियो छ ।

काँग्रेसको मजबुत संगठन: जिल्लाभर काँग्रेसको संगठन एकढिक्का हुनु र टिकटको विषयमा कुनै विवाद नहुनुले विसीको मनोबल उच्च बनाएको छ ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टीका राधव कार्की जाजरकोटमा अपरिचित अनुहार हुनु र राप्रपाका कृष्णविक्रम शाहको संगठन कमजोर हुनुले पनि मुख्य प्रतिस्पर्धामा विसी नै अगाडि देखिएका छन् ।

काँग्रेस कार्यकर्ताहरू भन्छन्, “जाजरकोटले यसपटक परिवर्तन खोजेको छ र त्यो परिवर्तन खड्कबहादुर विसीबाट मात्र सम्भव छ ।”




फेसबुकबाट तपाईको प्रतिक्रिया