सुर्खेतबासीलाई खानेपानीको प्यास मेटाउने कुलमणी, अब विकासको प्यास मेटाउन चुनावी मैदानमा

सुर्खेत २ मा एमालेको 'फ्रेस फेस': खानेपानीको सङ्घर्षदेखि संसद्को यात्रासम्म

सुर्खेत आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुर्खेत क्षेत्र नम्बर २ मा चुनावी नेकपा एमालेले आफ्ना जिल्ला अध्यक्ष कुलमणी देवकोटालाई मैदानमा उतारेसँगै यो क्षेत्रमा ‘नयाँ अनुहार’ बीचको प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ।

देवकोटा संसदीय राजनीतिको चुनावी मैदानमा पहिलो पटक उत्रिएका ‘अनटेस्टेड’ उम्मेदवार हुन्।

नेपाली कांग्रेसका उम्मेदवार नारायणकुमार कोइराला जस्तै उनी पनि संसदीय भूमिकामा कस्तो देखिनेछन् भन्ने कौतुहलता मतदातामा छ।

यद्यपि, विद्यार्थी राजनीतिदेखि नै सक्रिय देवकोटा सुर्खेती जनताका लागि नौलो नाम भने होइनन्।

देवकोटाको सबैभन्दा ठूलो पहिचान सुर्खेत उपत्यका खानेपानी उपभोक्ता समितिको अध्यक्षको रूपमा बनेको छ।

लामो समय खानेपानीको समस्या समाधानका लागि सङ्घर्ष गरेका उनले उपत्यकाका हरेक घरदैलोमा पुगेर जनताको समस्या बुझ्ने मौका पाएका छन्।

खानेपानी समितिको नेतृत्व गर्दा कायम गरेको मित्रवत व्यवहार र सेवाभाव उनको चुनावी आधार बनेको दावी गर्ने नेकपा एमालेका कार्यकर्ताहरू उनलाई ‘निडर, हक्की र भिजनरी’ नेताका रूपमा चित्रण गर्छन्।

अनुकूल चुनावी गणित र सांगठनिक पकड

एमालेले देवकोटालाई सर्वसम्मत उम्मेदवार बनाएका कारण पार्टीभित्र कुनै विवाद छैन, जसले उनलाई चुनावी प्रचारमा थप सहज बनाएको छ।

  • भोट बैंक: सबैभन्दा बढी मतदाता भएको वीरेन्द्रनगर नगरपालिका निवासी हुनु उनका लागि अर्को सबल पक्ष हो।
  • सांगठनिक शक्ति: यस क्षेत्रका दुई गाउँपालिका र दुई नगरपालिका मध्ये वीरेन्द्रनगरमा एमालेले स्थानीय तह जितेको छ भने अन्य क्षेत्रमा पनि सांगठनिक उपस्थिति बलियो छ।
  • अग्रिम तयारी: उम्मेदवारी चाँडो टुङ्गिएका कारण देवकोटाले निर्वाचन क्षेत्रको एक चरणको भ्रमण र मतदाता भेटघाट सम्पन्न गरिसकेका छन्।

मुख्य प्रतिस्पर्धा: कांग्रेससँग

मैदानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा र अन्य दलहरू भए तापनि मुख्य प्रतिस्पर्धा एमालेका देवकोटा र कांग्रेसका कोइराला बीच नै हुने देखिएको छ।

पुराना दलप्रतिको वितृष्णा र नयाँ अनुहारप्रतिको आकर्षणका कारण ‘फ्रेस फेस’ का रूपमा देवकोटाले सबै वर्गका मतदाताको मत तान्ने एमालेको दाबी छ।

कामको मूल्यांकन हुनेदेवकोटाको विश्वास

कुलमणी देवकोटा आफूले विगतमा सुर्खेतको खानेपानीका लागि गरेको दुःख र जनताको सुख-दुःखमा दिएको साथलाई मतदाताले न्याय गर्नेमा विश्वस्त छन्।

उनी भन्छन्, “मैले जनताको पानीको प्यास मेटाउन सङ्घर्ष गरेको छु, अब क्षेत्रको विकास र समृद्धिको प्यास मेटाउन संसद् छिर्ने लक्ष्य लिएको छु।”




फेसबुकबाट तपाईको प्रतिक्रिया