उम्मेदवार खड्का भन्छन् : “सुर्खेत–१ को भविष्य उज्यालो बनाउन मेरो जीत अपरिहार्य छ


सुर्खेत – नेपाली कांग्रेसका नेता बिष्णु बहादुर खड्काले सुर्खेत जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधि सभा उम्मेदवार बन्ने अवसर दिएकोमा पार्टी नेतृत्व तथा आम नागरिकप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
उनले भने, “नेपाली कांग्रेसले मलाई यो जिम्मेवारी सुम्पिनु भनेको व्यक्तिगत विश्वास मात्र होइन, सम्पूर्ण क्षेत्रको विकास र समृद्धिको यात्रामा अघि बढ्ने साझा संकल्प हो।”
खड्काले शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी, महिला तथा युवा सशक्तिकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै लोकतन्त्र जनताको सक्रिय सहभागिताबाट मात्र बलियो हुने बताए।
आगामी फागुन २१ गते हुने निर्वाचनमा रूख चिन्हमा मतदान गरी लोकतन्त्र, विकास र स्थायित्वलाई मजबुत बनाउन उनले आम मतदातासँग आग्रह गरे।
“तपाईंहरूको मत केवल मलाई होइन, सुर्खेत–१ को उज्जवल भविष्य र समृद्ध नेपाल निर्माणका लागि हुनेछ,” उनले भने।
उनले सबैलाई एकजुट भएर परिवर्तन र विकासको यात्रामा सहभागी हुन आग्रह गर्दै ‘जय नेपाल’को उद्घोषसमेत गरेका छन्।




फेसबुकबाट तपाईको प्रतिक्रिया