नेताको अनुगमन भत्ता सुर्खेत जिविसका कर्मचारीले झ्वाम पारेपछि …

indexसुर्खेत १९, असार ।
जिल्ला विकास समिति सुर्खेतका कर्मचारीले विकास निर्माणको अनुगमन गर्न गएका नेताको भत्ता खाएको वुझिएको छ ।
गत आर्थिक वर्ष विकास निर्माणको अनुगमन गर्न गएका नेपाल मजदुर किसान पार्टीका नेताको भत्ता जिविसका कर्मचारी आफैले खाएको पाइएको छ ।
अनुगमनका गएका अन्य दलका नेतालाई जिविसले दैनिक भत्ता दिएपनि नेमकिपाका नेताहरुको भत्ता भने कर्मचारीले आफैले खाएको वताएको छ ।
अनुगमनका गएका नेताहरुको भत्ता कुन कर्मचारीले खायो भनेर पत्ता समेत नलागेको जिल्ला विकास समिति स्रोतले जनाएको छ ।
नेमकिपाका नेताहरु मणिराम तिवारी, धनेन्द्र विक र गोविन्दनाथ योगीको करिव १० हजार रुपैया भत्ता कर्मचारी आफैले खाएका छन ।
अनुगमनका गएको भत्ता समेत कर्मचारीले खाइदिएपछि मजुदर किसान पार्टी सुर्खेतले जिविसको भत्ता देखि खाजा हुदै चिसासम्म वहिस्कार गरेको छ ।
जिल्ला विकास समितिले आयोजना गर्ने वैठकमा मजदुर किसान पार्टीका नेताले खाजा खादैनन खाएपनि आफ्नै पैसाले खाने गरेका छन ।
जिल्ला विकास समितिले विकास निर्माणको अनुगमन गर्न जाने राजनीतिक दलका नेताहरुलाई दैनिक एक हजार रुपौयाको दरले भत्ता उपलव्ध गराउदै आएको छ ।
विकासको अनुगमन गर्न जादा समेत उनीहरु जिविसले उपलव्ध गराएको गाडीमा जादैनन ।
मजदुर किसान पार्टीका नेताहरु आफनै सवारी साधान लिएर अनुगमनमा जान्छन ।
अनुगमनको क्रममा लाग्ने खर्च आफैले व्यहोदै आएका छन सुर्खेतमा क्रियाशिल एक राजनीतिक दलका नेताले भने ।
केही समय अघि उपत्यका नगर विकास समिति सुर्खेतले सवै राजनीतिक दललाई पार्टी कार्यालय वनाउन एक कठ्ठा जग्गा दिएको थियो ।
जग्गा लिने दललाई भवन वनाउन जिविसले २ लाख रुपैया समेत दिएको थियो ।
तर सुर्खेतमा क्रियाशिल नेपाल मजदुर किसान पार्टीले पार्टी कार्यालयको लागि न त जग्गा लियो न त भवन वनाउने २ लाख रुपैया नै ।
जिल्ला विकास समितिका कर्मचारीको नियतमै खरावी देखिएपछि आफुहरुले भत्ता देखि खाजासम्म वहिस्कार गरेको मजदुर किसान पार्टीका नेताले जनाएका छन ।
यता जिल्ला विकास समिति सुर्खेतले भने भत्ता कुन कर्मचारीले खाएको हो भनेर पत्ता लगाउनै नसकिएको दावी गरेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया