बाख्रावाट ३३ करोड आम्दानी

DSC05953

लहँ २, मा एक कृषकले पालेका बाख्राहरु ।

बद्री पन्त
जाजरकोट ६, साउन
जाजरकोटमा पछिल्लो समय बाख्रापालन व्यवसायमा फस्टाउदै गएको छ । थोरै लगानी गरेर राम्रो आम्दानी हुन थालेपछि किसानहरु वाख्रापालन व्यवसायमा अग्रसर हुदै गएका छन ।
जिल्ला पशु सेवा कार्यालयले एक नगरपालिकासहित २६ वटा गाविसमा बाख्रापालन व्यवसाय फस्टाउदै गएको जनाएको छ । बाख्राका लागि चरण क्षेत्रको राम्रो सम्भावना रहेका कारण व्यवसाय छिटो फस्टाउँदै गएको पशु सेवा कार्यालयका पशु विकास अधिकृत कपिल प्रसाद उपाध्याले बताउनु भयो ।
उहाँले अन्य व्यवसाय भन्दा यसबाट राम्रो फाईदा पुग्ने भएपछि किसानहरु वाख्रापालन आर्कर्षित हुदै गएको वताउनु भयो ।
गर्मी समयमा भेडा–बाख्रा चरिचरणका लागि उच्च लेक तथा बुकी पाटनमा लिने गरिएको र जाडो समयमा औल तथा बेसी तर्फ झारिन्ने गरिने उपाध्यायले जानकारी दिनुभयो ।
जाजरकोटमा एक लाख बाखा रहेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।
यहाँका खसीबोका पोखरा, काठमाण्डौं, बाँके, बर्दिया, सुर्खेत, जुम्ला, डोल्पा लगाएतका जिल्लाहरुमा निर्यात हुने गरेका छन् ।
जाजरकोटको एक जना किसानले बाख्रापालन व्यवसायबाट बर्षमा १ लाखदेखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।
भेडा–बाख्राको उँनबाट राडिपाखी, काम्लो, फेरे लगाएतका मूल्यबान बस्तु तयार हुने र यसबाट पनि आम्दानी हुन्छ ।
कतिपय किसानले व्यवसायिक रुपमा भेडा–बाख्रापालन फर्म नै खोलेका छन् । पशु कार्यालयले बाख्रापालक किसानहरुलाई औषधी, विभिन्न जातको घाँसको बिउ तथा प्राविधिक सहयोग गर्दै आएको छ ।
जिल्लामा ३० हजार बाख्रापालक किसान रहेका छन् ।

खसी, बोका, आउ बाख्रा, पाठापाठी लगाएत बिक्रीबाट जाजरकोटमा बार्षिक ३३ करोड ३७ लाख रुपैयाँ भित्रीने गरेको पशु सेवा कार्यालयले जनाएको छ ।

जिल्लामा एक लाख ३० हजार भेडा–बाखा रहेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । जिल्लामा मासुको लागि बार्षिक ६ हजार खसीबोकाबाट ७ करोड, जिल्ला बाहिर १४ हजार खसीबोकाबाट १४ करोड, पुजाआजामा ६ सय खसीबोकाबाट ३० लाख, ३ सय बोका व्यारका लागि विक्रीबाट ७ लाख र १६ सय माउ बाख्रा बिक्रीबाट १२ करोड वितरण भई बार्षिक ३३ करोड ३७ लाख रुपैयाँ आम्दानी हुने गरेको पशु विकास अधिकृत कपिल प्रसाद उपाध्याले बताउनु भयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया