बद्री पन्त
जाजरकोट २९, साउन
एउटा पुन निर्माण गर्न कति समय लाग्छ, जो कोहीको सहजै उत्तर हुन्छ एक÷ दुई बर्ष तर जाजरकोटको पश्चिम मोर्क खोलामा पुल निर्माण शुरु भएको पाँच बर्षमा निर्माण भएको छैन ।
जाजरकोट –जुम्ला सडकको छेडा कचाली खण्डको मोर्क खोलामा पुल निवन्दा सर्वसाधारण मर्कामा परेका छन ।
निर्माण व्यवसायीको चरम लापरबाहीका कारण पुलको निर्माण अलपत्र परेको हो । सम्बन्धित व्यबसायीको लापरवाहीले १५ महिनामा निर्माण सम्पन्न गर्नु पर्ने पुलको ५ बर्ष वित्दा जग मात्र ठड्याएको छ ।
पुल निर्माणको जिम्मा सर्व उद्र्धार प्रmेन्डस जे,भी कोटेश्वर काठमाण्डौंको फर्मबाट जाजरकोट सुवानाउलीका कर्ण बहादुर खड्काले निर्माण कामको जिम्मा लिनु भएको थियो ।
१५ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०६९ मा ठेक्का सम्भmौता भएको पुलको ठेकेदारले समय काम नगर्दा निर्माण अलपत्र परेको हो ।
तीन पटक म्याद थप गर्दा पनि काम पुरा हुन सकेको छैन् ।
समयमा निर्माणको काम अगाडि नबढ्दा यातायात सन्चालनमा समस्या हुने गरेको छ ।
स्थानीय खोलामा जोखिम मोलेर वारपार गर्ने गरेका छन । महिला, बालबालिका, बृद्धबृद्धा, अपाङ्गलाई खोला तर्न समस्या हुने गरेको छ । साना बालबालिकालाई विद्यालय जाना आउन निकै समस्या छ ।
सीमा, जुँगाथापाचौर, साल्मा, दशेरा, मजकोट, दह, गर्खाकोट, पजारु, झाप्रा, टालेगाउँ, पैक लगाएत १५ गाविस, जुम्ला तथा उत्तरी बारेकोटका बासिन्दालाई समस्या भएको छ ।
स्थानीयले निर्माण व्यवसायीलाई कारबाही गर्न जोडदार माग गरेका छन ।
निर्माण जिम्मा लिएको ठेकेदारले काम नगरेर दोस्रो व्यक्तिलाई कामको जिम्मा लगाउदा निर्माणको काम अलपत्र परेको जिल्ला विकास समितिले जनाएको छ
व्यवसायीले तोकेको समयमा पुल नबनाउदा यस क्षेत्रका बासिन्दालाई आवतजावतमा समस्या हुनुको साथै अन्य विकास निर्माणमा पनि बाधा पुगेको सीमा ९, पूर्ण समिर महतराले बताउनु भयो ।
पुल नबन्दा थलहबजार सम्मको २५ कीलोमीटर सडकमा यातायात सुचारु हुन सकेको छैन ।
पटक पटक ताकेता गर्दा पनि निर्माण कार्यले गति लिन सकेको छैन । छिटो निर्माण तर्फ व्यवसायीको ध्यानै नदिएको वताएको छ ।
यो पुल स्थानीय सडक पुल आयोजनाद्वारा १ करोड ४३ लाख लागतमा निर्माण हुन थालेको थियो ।
पुलको निर्माणका लागि हालसम्म ५० लाख बढी पेश्की खर्च भैसकेको छ ।
२५ मीटर लम्बाई र ४ मीटर चौडाई भएको पुलको लागि पेश्की रकम बराबरको काम समेत नभएको स्थानीयले वताएका छन ।
व्यवसायीले प्रतिश्पर्धामा कामको जिम्मेवारी लिने अनि काम सम्पन्न तर्फ वेवास्ता गर्ने प्रचलनले समस्या स्थानीय विकास अधिकारी इन्द्र गौतमले वताउनु भयो ।
राराखबर । २०७३, २९ श्रावण शनिबार