सुर्खेत, २८ पुस ।
माघी सकरातीको उपलक्ष्यमा सुर्खेतको वीरेन्द्रनगरमा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सुर्खेत बुलबुले यातायात प्रालि सञ्चाक टीम विजयी भएको छ । प्रालिको आयोजनामा विहीबार स्थानीय रंगशाला मैदानमा भएको फुटबल खेलमा सञ्चालक समितिले कर्मचारीलाई पराजीत गरेको हो ।
दुबै टीम वीच भएको रोमान्च खेलमा एकका विरुद्ध दुई गोल गर्दै आयोजक प्रालिको सञ्चालक टीम बिजयी भएको छ । सञ्चालक टीमले ज्यादतर समय कर्मचारी टीम माथि हावी रहेको थियो । विजयी टिमका तर्फबाट प्रालिका सल्लाहकार बलबहादुर लामाले दुई गोल गरेका थिए । त्यस्तै कर्मचारी टीमबाट गणेशबहादुर ठाँडामगरले एक मात्र गोल गर्न सफल भएका थिए । विजेता टीमलाई प्रालिका वरिष्ठ सल्लाहकार विश्व थापाले दश हजार बराबर मूल्यको खसी हस्तारण गरेको मैच रेफ्री सन्तोष शाहीले जानकारी दिए ।
राराखबर । २०७३, २८ पुष बिहीबार