सुर्खेत, १९ साउन ।
लाइन्स क्लव अफ सुर्खेत सेरोफेरोले लियो क्लव गठन गरेको छ ।
सुर्खेतमा महिनादिन अघि स्थापना भएको सेरोफेरोले गंगाराम आचार्यको अध्यक्षतामा लियो क्लव गठन गरेको हो ।
क्लवको दोस्रो बैठकको अवसर पारेर लियो क्लव फर्मेसन गरिएको सेरोफेरोका अध्यक्ष युवराज पौडेलले जानकारी दिनुभयो ।
लियो क्लवले सामाजिक सेवाका कामहरुको साथसाथै खेलकुद प्रतियोगीता, नेतृत्व विकास सम्वन्धी तालिम, सामाजिक काममा युवा परिचालन लगायतका गतिविधीहरु संचालन गर्नेछ ।
लियो क्लव गठन कार्यक्रममा एम्वेस्डर अफ गर्भनर लाइन विजय पराजुलीले मानविय सेवामा सर्मपित हुन र नेतृत्व विकास गर्न लाइन्स क्लवले ठुलो सहयोग गने बताउनु भयो ।
जन्मेपछि समाजको लागि केही गर्नुपर्छ भन्दै उहाँले भर्खरै स्थापना भएको लाइन्स क्लव सेरोफेरोलाई सुर्खेतकै नमुना लाइन्स क्लव बनाउन सुझाव दिनुभयो ।
रिर्जनल चेयर पर्सन लाइन धनबहादुर रावतले कमजोर र विपन्न मानिसलाई हुने खानेले मानविय सेवा सम्झेर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै जोन चेयर पर्सन लाइन हरिहर वस्नेतले सुर्खेतमा क्रियाशिल लाइन्स क्लवहरुले स्थापना कालदेखि नै महत्वपूर्ण मानविय सेवा गदै आएको उल्लेख गर्नुभयो ।
उहाँले लाइन्स क्लवहरुले सुर्खेत लगायत दैलेख र जाजरकोटका दुर्गम ठाउँहरुमा ले एकहजार भन्दा बढीको आँखाको मोतिया विन्दुको अप्रेसन गरेको जानकारी पनि दिनुभयो ।
कार्यक्रममा लाइन्स क्लव आफ सुर्खेत सेरोफेरोका अध्यक्ष युवराज पौडेलले स्थापनापछि अहिलेसम्म क्लवले गरेका कामहरुको वारेमा जानकारी दिनुभयो ।
उहाँले एकमहिनाको अवधिमा क्लवले बार्षिय कार्ययोजना वनाएको, बुलवुल उद्यानमा वोटानिकल पार्क निर्माणको प्रक्रिया अघि बढाएको लगायतका विभिन्न सामाजिक काम गरेको बताउनु भयो ।
क्लवका सचिव क्षेत्र तिमिल्सेनाले संचालन गरेको कार्यक्रममा क्लवका वातावरण डाइरेक्टर कृष्णप्रसाद ढकाल, प्रथम उपाध्यक्ष छविलाल आचार्य लगायतले लाइन्स मानविय सेवा गर्ने र व्यक्तित्व विकास गर्ने राम्रो प्लेट फर्म भएको दावी गर्नुभयो ।
यसैवीच क्लवको दोस्रो वैठकले क्लवको फाइनान्सियल डाइरेक्टरमा वीरेन्द्रनगरमा रहेको गणेशजल बहुउदेशिय सहकारी संस्था अध्यक्ष लाइन प्रेम विसीलाई मनोनित गर्ने अध्यक्षको प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गरेको छ ।
राराखबर । २०७४, १९ श्रावण बिहीबार