अमेरिकावाट हामीले सिक्ने कुरा धेरै छन

विश्वको सबैभन्दा सम्पन्न र शक्तिशाली राष्ट्र अमेरीका ठूलो बोइङ चढ्दै घुम्न जाने तीब्र इच्छाको विजारोपण काठमाडौँमा उच्च शिक्षा अध्ययनकै सिलसिलामा भएको थियो । निरन्तर ३ पटक सम्मको प्रयास पश्चात हाल आएर Study in US Institute (SUSI)  कार्यक्रममा छनोट भइ ४५ दिनको कार्यक्रममा सहभागि हुन पाइयो । यस कार्यक्रमले विश्वका १८÷२० राष्ट्रहरु बाट २० जना शिक्षक तथा प्रशासकहरुलाई छनोट गरी आ–आफ्नो देशको साँस्कृतिक तथा शैक्षिक प्रणालीका बारेमा छलफल गरक्रेन, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, अष%लसिलामा जुन १०मा अमेरिका पुगी जुलाई २३ सम्म जम्मा ४५ दिन बसीयो । म लगायत ग्रीस, फा्रन्स, लेवनान, युक्रेन, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, अष्ट्रिया, स्लोभानिया, ट्युनिशिया, निकोरोवा, पाराग्वे, कंगो, टोगो, मोजाम्विक, कोष्टारिका लगायत १८ देशवाट २० जना सहभागीहरु थियौ । अध्ययनको क्रममा अमेरिकाको जीवन शैली, भाषा, शिक्षा, स्वास्थ्य, इतिहास, ट्राफिक प्रणाली, विकास, सुचना प्रविधि, भुगोल, धर्म र सभ्यता सवै मेरो लागि नौलो र ज्ञानवद्र्धक थिए ।
इलिनोयको स्याम्पेयन स्थित University of Illinois अन्तर्गत ग्लोवल इन्ष्टिच्युटको आयोजना र युएस डिपाटमेन्टको सहयोगमा अमेरिका गएका थियौ । २५ दिन भन्दा बढी विश्व विद्यालयमा बसेर सामाजिक तथा साँस्कृतिक अवस्थाका बारेमा अध्ययन गरियो । अध्ययनकै सिलसिलामा वाकी २० दिन अमेरिकाको टेक्सासको सेनेन्टोनियो, अष्टिन, इलिनोयको स्र्पीङ्ग फिल्ड, शिकागो, मिसौरीको सेन्टलुइस, न्यूर्योक, वासिङटन डिसी र मेरिल्याण्ड (बाल्टीमोर) जस्ता प्रशिद्ध ठाउँहरुको अध्ययन अवलोकन भ्रमण गरियो । भम्रणका क्रमका खासगरी अमेरिकाको धर्म, संस्कृति, इतिहास र वर्तमान जीवन शैलीवारे अवलोकन गरियो ।
इतिहास
हरेक नागरिकलाई आफु र आफ्नो देश सँगै त्यहाँको ऐतिहासिक महत्वका बारेमा गर्व हुने गर्दछ, तर कसैले इतिहासलाई गौरवको विषयवस्तु बनाउछन भने कसैले त्यसको महत्व माथि वेवास्ता गरी इतिहास नामेट गर्दछन् यसै क्रममा अमेरिकी नागरिकलाई आफनो इतिहासप्रति गर्व छ । त्यसकारण उनीहरुले इतिहासका हरेक अवशेषहरुको पहिचान झल्काउँदै र सुरक्षाका साथ संग्राहलय बनाएर संरक्षित गरेका छन । कोलम्बसले अमेरीका पत्ता लगाउनु पुर्व विभिन्न जातीहरु (नेटिभ अमेरिकन) आदिबासीका रुपमा बसोबास गरिरहेका थिए । पछि ब्रिटिशहरु (ह्वाइट अमेरिकन) त्यहाँ गई सम्पूर्ण भुभाग कब्जा गरी शासन गरेको पाइयो, विकासको क्रममा अफ्रिका बाट काला जातीहरु (ब्ल्याक अमेरिकन) लाई कामदार र दासको रुपमा प्रयोग गरिएको पाइयो । समयको विकास क्रमसँगै विभिन्न देशका मानिसहरु (ल्याटिनो अमेरिकन र आप्रबासि) गई विकासको गतिलाई तिब्र बनाएको पाइयो । पछि विभिन्न राजनैतिक उतारचढाव जस्तैः अमेरिकी स्वतन्तत्रा संग्राम, दास प्रथाको उन्मुलन, नागरिक अधिकारका आन्दोलनहरु पश्चात लामो संर्घष गरेर अमेरीका विश्वका मानिसहरुका लागि सपनाको देश बन्न पुगेको हो । विभिन्न जात जाति, धर्म र साँस्कृतिक विविधताले बाँधीएको सामाजिक संरचनामा काला, गोरा जात लगायतका अन्य विश्वभरीका आप्रवासीहरु साौहार्दपूर्ण वातावरणमा आ–आफ्नो जातिय, धार्मिक र साँस्कृतिक पहिचान सहित मिलेर बसेका छन ।
काम र कडा परिश्रममा विश्वास गर्ने अधिंकाश अमेरिकीहरुको अध्ययन गर्ने वानी छ, त्यसैले विश्वका वारेमा उनीहरुसँग राम्रो ज्ञान छ । हरेक नागरिक आफ्नो राष्ट्र र पहिचान सँगै विश्वकै शक्तिशाली देश अमेरिकाको नागरीक हुनुमा उत्तिकै गर्व गरेको पाए जहाँ सार्वजनिक स्थानदेखि नीजि घरहरुमा राष्ट्रिय झन्डाहरु व्यापक रुपमा राखिएको पाए । अमेरिकाका नागरिकको लागि धेरै अवसर छन । उनीहरु बेरोजगार बस्नु पदैन । जे चाहान्छन, त्यही गर्न सक्ने अवस्था छ ।
अमेरिकीहरुले वालवालिकालाई धेरै महत्व दिदारहेछन । बालबालिकाहरु नै भावि देशको कर्णाधार हुने भएकाले वालवालिकाको शिक्षा, सुरक्षा र लालन पालनमा सरकार आफै सजक हुँदो रहेछ । हाम्रो देशमा बालबालिकाहरुको संरक्षण सँग सम्बन्धी नीति तथा नियमहरु भएता पनि राज्य द्वारा प्रभावकारी रुपमा कार्यन्वयन नभएको पाइन्छ । बाँच्नका लागि सुरक्षाको अनुभुति मानिसहरुलाई मात्रै नभइ, चराचुरुङ्गी, जनवारहरुले पनि स्वतन्त्र रुपमा अनुभुत गरेको पाइयो । त्यहाँ मानिसहरु चराचुरुङ्गी र जनावरहरुलाई असाध्यै माया गर्दा रहेछन । हामी काँहा भने चराचुरुङ्गी, जनवारहरु मान्छे देख्न वित्तिकै भाग्छन । तर त्यहाँ मानिसको नजिकै नजिकै आउने, दिएको कुरा खाने गर्दा रहेछन । मानिसले हानि नगरेकै कारण जनावार, चराहरु नजिक आउने रहेछन ।
अमेरिकीहरु सधै हाँसिलो अनुहारमा हुन्छन । उनीहरु नम्र पनि त्यतिकै हुन्छन । ठाडो व्यवहार हुदैन । एउटा घटना भन्छु हामी एउटा थियटरमा नाटक हेर्न गएका थियौ । एकजनाले खाजाहरु ल्याए आए । खाजाहरु किन्नलाई सोध्यौ, अलि महंगो लागेपछि किनेनै । तर पनि उसले हामीलाई धेरै नम्र व्यवहार का साथ कार्यक्रमको आनन्द लिनुहोस भनेर जवाफ दियो । यसै गरी वाटोमा हिड्दा पनि मानिसहरु सहजै बोल्ने, सरी भन्ने, एक्सक्युज माग्ने÷गर्ने अमेकिरीहरुको वानी असाध्यै राम्रो लाग्यो । अमेरिकीमा उच्च आत्मवल भएको पाए । हामीलाई एउटा १९ वर्षको छात्राले अमेरिकाको शिक्षावारे कक्षा लिइन र उक्त कक्षामा उनले अपत्यारीलो तवरले पूर्ण आत्मविश्वासका साथ प्रस्तुत गरेको देख्दा म सारै प्रभावित भए । त्यसै गरी शिकागोवाट स्याम्पेयन आउँदा साढे ३ घण्टाको सडकमा एउटी महिलाले एक्लो बस हाकेको देख्दा चकित परे । उनले हामीलाई रातको समयमा एक्लै गाडी चलाएर गन्तव्यमा पुरयाइन ।
चालक वाहेक गाडीमा कोही पनि हुदैनन् । चालक आफैले यात्रुहरुलाई स्वागत गर्नेदेखि सामानहरु राख्ने, झार्नेसम्म गर्दा रहेछन तर हामीकहाँ एउटा बसमा चालक, सहचालक र मालिक सहित हुदा पनि व्यवस्थित नभइ यात्रुहरु प्रति अभद्र व्यवहार भएका थुप्रै उदाहरणहरु छन् । त्यसै गरी अमेरिकामा थोरै व्यक्तिले धेरै काम गरेको पाए । कार्यालयमा कार्यालय सहयोगी हुदैनन्, सबैको आ–आफ्नो जिम्मेवारी आफै पूरा गर्ने प्रचलन रहेको छ । हाम्रै कलेजमा विभागिय प्रमुखले पढाउने देखि खाना, बसाई र सहजकर्ताहरुको व्यवस्थापना लगायत धेरै कामहरु एक्लैले गरेको पाइयो ।
ट्राफिक सिस्टम
अमेरिकामा पैदल यात्री र साइलक चलाउने व्यक्तिलाई धेरै ठुलो सम्मान हुँदो रहेछ । पैदल यात्रुले सडक पार गर्दा गाडिहरु रोकिन्छन । तर नेपालमा त्यसको ठिक उल्टो हुन्छ । यहाँ गाडीहरु जान दिएर मात्र यात्रुले बाटो काट्छन । अमेरिकामा पहिला यात्रुलाई सडक पार गर्न दिएर मात्र गाडीहरु जान्छन । ट्राफिक लाइट नभएको ठाउँहरुमा यस्तो हुन्छ भने लाइट भएको ठाउँमा भने लाइटको सिग्नललाई सबैले पालना गरेको पाइयो । चालकले प्रत्येक चोकहरुमा अनिवार्य रुपमा गाडी रोकेर दुबै साइट हेरेर मात्र अघि बढ्ने चलन रहेछ । हामी काँहा त्यस्तो छैन । नेपालमा त रोक्नु त परको कुरा दाँयावाँया नहेरेरै अघि बढने चलन छ । गाडी पार्किङ्ग गर्ने ठाउँमा अपांगको लागि छुट्टै ठाउँ तोकिएको हुने रहेछ । जस्तो सुकै भीड भएतापनि अपागको लागि निर्धारण गरिएको ठाउँ खाली नै हुन्छ । त्यहाँ कसैले पनि पार्किङ्ग गदैनन् ।
जीवन शैली
अमेरिकाको संविधानमा उल्लेख भएको Life, Liberty and Pursuit of Happiness उनीहरुको प्रत्यक्ष जीवन शैलीमै प्रतिविम्बीत भएको देखिन्छ । उनीहरु समान तवरले सम्मानजनक ढंगले स्वतन्त्रताका साथ आफनो इच्छा अनुसार बाँचेका छन । धर्म, संस्कृति, फेसन, पेशा, मनोरञ्जन सवै इच्छा अनुसार गर्न पाएका छन ।
विकास
पहिलो कुरा त अमेरिकाको भौगोलिक बनावट नै सुन्दर र मिलेको छ । अधिकांश भुभाग समथर र उब्जाउशिल भएको र सिंचाई गर्न सजिलो भएकोले पर्याप्त मात्रामा अन्नबालीहरुको उत्पादन हुदोरहेछ । समतल जमीन भएको कारणले पूर्वाधारहरुको विकास गर्न निकै सजिलो भएको पाए । अर्को महत्वपूर्ण कुरा कानुन सवैभन्दा माथी छ र सबैका लागि समान छ, कानुनले ठुल्ठुला धनाड्यदेखि राष्ट्रपतिसम्म कसैलाई पनि छाडदैन, गल्ती गरे कानुन बमोजिम कारवाही गर्छ । अमेरिकाको अर्को चाख लाग्दो कुरा के रहेछ भने, कमजोरलाई भन्दा शक्तिशाली व्यक्तिलाई झन बढी कानुन लाग्दो रहेछ । किनकी अबुझ र सर्वसाधारण भन्दा बुझेका तथा पहुचवालालाई जानी जानी कानुन उल्लंघन गरेको मानेर बढी कारवाही हुँदो रहेछ । हामी काँहा ठिक उल्टो छ, सानालाई मात्र कानुन लाग्ने तर शक्तिशाली व्यक्तिहरु सजीलै उम्किने गरेको पाइन्छ । सुचना प्रविधी
अमेरिका सुचना र प्रविधिमै अडेको जस्तो लाग्यो । अमेरिकामा यसको प्रयोग अति नै हँुदो रहेछ । कुन ठाउँमा जाने हो, त्यो ठाउँका मौसम, तापक्रम लगायतका बारेमा पहिले नै जानकारी हुँदो रहेछ । कति वेला पानी पर्छ, कुन वेला घाम लाग्छ त्यो पनि पहिले नै थाहा हुँदो रहेछ । सामान किन्न, ट्याक्सी वोलाउन, विलहरु भुक्तानी गर्न पनि प्रविधिकै प्रयोग हुँदो रहेछ । अमेरिका आफैमा सुन्दर र सफा छ । त्यहाँ नेपालमा जस्तो जहाँ पायो त्यही सुर्ति, गुटखाका खोस्टाहरु भेटिदैनन् । सुर्ति खान, वेच्न र वनाउन प्रतिवन्ध नै छ भन्दा पनि हुन्छ । चुरोट त खान्छन तर निश्चित ठाउँमा मात्र । सवैतिर ट्रेस (फोहोर फाल्ने ठाउँ) पर्याप्त मात्रामा राखिएको हुन्छ । आफुले उत्पादन गर्ने फोहर वस्तुलाई लिएर ट्रेसमा राख्नुपर्छ भन्नेमा सबैलाई ज्ञान र अभ्यस्त छन । उक्त फोहोरको व्यवस्थापन सम्बन्धीत निकायले साँझ नै गर्ने गरेको पाइयो र विहान सफा र स्वच्छ वातावरण भएको देखियो ।
हामीले अमेरिकावाट धेरै सिक्न सक्छौ । यो सिस्टम र सभ्यताबाट चलेको देश हो । प्रत्येक घरको अगाडी फुलको सुन्दर वगैचा हुन्छ । बगैैचाका हरेक कुराहरुलाई आर्कषक रुपमा पेन्टिङ्ग गरेको पाए । सवै ठाउँको पानी पिउन योग्य नै हुँदो रहेछ । यदि पिउन योग्य छैन भने, योग्य छैन भनेर लेखिएको हुन्छ । स्वच्छ पानी, स्वच्छ खाना पाइन्छ । खाना चेकजाँच हुन्छ । कुनै कैफियत भेटिए, उत्पादन गर्ने कम्पनीको लाइसेन्स खारेज गर्दै संचालकलाई जेल सजायसम्म हुने गरेको पाइयो ।
धर्म
अमेरिका धर्म निरपेक्ष राष्ट्र« हो । सवैका आ –आफनै धार्मिक आस्थाका धरोरहरु –मन्दिर, मस्जिद, चर्च र गुम्बा) छन । खाली समयमा बालवालिकालाई धर्मको वारेमा ज्ञान दिइदो रहेछ । वालवालिकाहरुले धर्मवाट धेरै कुरा सिक्छन । मानवियता, अनुशासन लगायतका कुराहरु धर्मवाट नै सिक्ने हो । नेपालमा पनि हिन्दु धर्मावलम्बीहरुले गीता, वेद जस्ता कुराहरुको बारेमा वालवालिकालाई औपचारिक शिक्षा जस्तै गरी मन्दिर मन्दिरहरुमा अध्यापन तथा प्रशिक्षण गराइएको भए वालवालिकालाई धर्मको बारेमा धेरै ज्ञान र चासो भई मानवता तर्फ अग्रसर हुन सहज हुने थियो । तर त्यसो नभई अहिले हाम्रो धर्म खतरामा परेको देख्छु ।
शिक्षा
शिक्षा नेपालको जस्तो छैन । पाठ्यक्रममा उल्लेखित उद्देश्य प्राप्त गर्न प्रत्येक शिक्षक आफैले शिक्षण सिकाइका क्रियाकलापहरु (विषयगत पाठ्यक्रम परियोजना) वनाउँदा रहेछन । त्यसमा आइसीटीको प्रयोगदेखि स्थलगत अध्ययन अवलोकन सम्मका क्रियाकलाप समेटिएको हुन्छ । प्रत्येक एकाइ पश्चात मुल्यांकन पनि हुन्छ । विद्यार्थीलाई कार्ययोजना बनाउनको लागि सहयोग गर्न विभिन्न क्लवहरु, काउन्सलर र सहजकर्ताहरु हुन्छन । विशेष गरी आप्रवासिका बालबालिकाहरुलाई साँस्कृतिक झड्का (Cultural  Shock ) पर्ने भएकोले उक्त सहजकर्ताहरुले सहजीकरण गर्ने गरेको पाइयो । हरेक व्यक्तिका सिर्जनशिल विचारलाई तर्कसंगत तरीकाले प्रस्तुत गर्न सकिने क्षमताको अभिवृद्धि नै शिक्षाको एउटा उद्देश्य भएकोले, शिक्षामा उनीहरुले बादविवादलाइ (Debate) धेरै जोड दिदा रहेछन ।
यसै क्रममा बालबालिकाहरुलाई आफ्नो तर्क शक्ति र आत्मबल विकासका लागि पर्याप्त अवसरहरु दिने गरेको पाइयो । हाम्रो समाजमा अझै पनि बालबालिकाहरुले आफ्नो विचार व्यक्त गर्न खोज्दा त्यसको सभ्य भनाउदा अभिभावकहरुले उनिहरुलाई निरुत्साहित गरेको पाइन्छ । तर अमेरिकामा प्रत्येक बालबालिकाहरुले बोलेका कुराहरुलाई धैर्यताका साथ सुनि उनिहरुको विचार र भावनाको कदर गर्दै प्रोत्साहन गरेको भेटियो । फलस्वरुप आज हरेक अमेरिकीले गहकिलो तर्क राख्न सक्छन् । यसै गरी विभिन्न समुदायमा बालबालिकाहरुका लागि विधालय पश्चात (After School Matters) कार्यक्रमहरुको आयोजना गर्र्ने गरेको पाइयो ।
यस कार्यक्रममा बालबालिकाहरुको सृजनतात्मक क्रियाकलापमा आवद्ध गराउने खालका गतिविधीहरु समावेश गरीएका हुन्छन् । बालबालिकाहरु छुट्टीको समयलाई खेर नफाली यस्ता विभिन्न खाले रचनात्मक क्रियाकलापहरुमा सहभागी भएको पाइन्छ । विद्यालयमा अध्ययन अध्यापन कक्षागत नभइ विषयगत हुने गर्दछ । जस्तो विज्ञान विषय पढनको लागि बनाइएको कक्षामा एकदेखि १० कक्षासम्मका विद्यार्थीहरु गएर पढने रहेछन । तर नेपालमा भने एउटै कक्षामा सम्पूर्ण विषयहरु अध्यापन गराउने गरिन्छ ।
भाषा
भाषा अमेरिकीको लागि निकै महत्वपूर्ण छ । विश्वभरीका कुराहरु सिक्न सजिलो होस भनेर उनीहरुले भाषालाई विशेष जोड दिएको पाए । खासगरी विद्यालयमा शक्तिशाली देशहरुको भाषाहरु सिक्नमा प्रोत्साहन तथा व्यवस्थापन गरिदो रहेछ । जस अन्र्तगत अंग्रेजी, फ्रेन्च, चाइनिज र स्पेनिस जस्ता अन्य केही भाषाहरु सिकाइन्छन । नेपालमा पनि यसका छिमेकी राष्ट्रहरुमा गई अध्ययन गर्न, भ्रमण गर्न र रोजगारी गर्दै हाम्रो देशलाई विकास गर्नका लागि अंगे्रजी, चाइनिज, कोरियन र अ‍ेरेवियन भाषाहरु को अध्यापन गराउनु पर्छ भन्ने लाग्छ ।
अमेरिकामा व्यापार गर्न सजिलो रहेछ । नेपालको जस्तो झन्झटिलो छैन । तर अमेरिकाको सवैभन्दा खराव पक्ष भनेको आत्म सुरक्षाको लागि बन्दुक राख्न पाउने लाग्यो । उनीहरुले घरघरमा बन्दुक राखेका हुन्छन । सुरक्षाका लागि वन्दुक राख्न पाउने भएपनि त्यसको प्रयोग गलत रुपमा हुँदा अनावस्यक रुपमा मान्छेहरुको ज्यान जानसक्ने खतरा देखे ।
विज्ञान प्रविधीको कुरामा होस, वा आर्थिक सामाजिक रुपमा अमेरिका साँच्चिकैको सपनाको देश लाग्यो । महाशक्ति देश अमेरिकाले धेरै कुराहरुको आविस्कार गरेको छ । जेमा पनि अमेरिका नै अग्रपंक्तिका देशहरुमा आउँछ । त्यसैले पनि अमेरिकीहरु अमेरिकी नागरिक हुनुमा गर्व गर्छन । एउटा कक्षामा विश्वमा विभिन्न मानिसहरुले आवीष्कार गरेका र शुरुवात गरेका विभिन्न ऐतिहासिक कार्यहरुको सुची बारे अध्ययन तथा छलफल गर्दा आफ्नो देशको नाम नआउँदा नेपाल र नेपालीले विश्व मानचित्रमा गर्व गर्न लायक केही काम गरेको जस्तो लागेन । हामीले गर्व गर्दै आफ्नो पहिचान दिने माउण्ट एभरेष्ट पनि नेपालीले नबनाई प्राकृतिक रुपमै आफै बनेको प्राकृतिक सम्पदा हो । त्यसै गरी अर्का शान्तिका अग्रदुत गौतम बुद्ध जन्मिदा नेपालको सिमा नै थिएन । यस्तै अन्य पहिचान झल्कीने संकत तथा सम्पदाहरु प्नि नेपालीको आफ्नो पौरखले नबनाई प्राकृतिक रुपमा अस्तित्वमा रहन पुगेका वस्तुहरु प्रति गर्व गर्दा आत्म सम्मान नभएको अनुभुति भयो ।
समग्रमा भन्नुपर्दा सम्पन्नता, सुन्दरता र धेरै अवसर भएकोले अमेरिका सपनाको देश हो । प्रत्येक अमेरिकनको ड्रिम भनेकै झन कसरी शक्तिशाली बन्ने भन्ने हो । विविद्यतावीच समदुरता राखी कसरी शक्तिशाली बन्ने भन्ने सपना अमेरिकीमा पाए । अमेरिकामा मानव जीवनको ठुलो मुल्य छ । उनीहरु हरेक कुरामा तर्क गर्छन । तर्क विनाको कुरा नै हुदैन । जस्तो अमेरिकाको राष्ट्रिय चरा ‘इगल’ हो । उनीहरुले किन इगललाई नै राष्ट्रिय चरा माने भन्नेमा दमदार तर्क छ । उनीहरुको नेचर अनुसारकै राष्ट्रिय चरा छ । इगल भनेको धेरै हाइटमा उडने, धेरै टाढासम्म दृष्टि राख्ने, शक्तिशाली चरा पनि हो । अमेरिकीको जीवनशैली र व्यवहार नै त्यस्तै छ जसले हामी नेपालीको मन तान्छ र हामीलाई पनि आत्मनिर्भर, स्वावलम्वी बन्न प्रोत्साहन गर्छ । त्यसैले इतिहास, प्राकृतिक स्रोत र साधनको संरक्षण सहित समुच प्रयोग गर्दै विविधता विच राष्ट्रिय एकता सहितको समृद्ध नेपाल हामी सबैको सपना बन्नु जरुरी छ । (पत्रकार प्रकाश पन्तसँग गरिएको कुराकानीमा आधारित) अमेरिका भ्रमणका तस्वीरहरु गिरीको फेसवुकवाट । 




फेसबुकबाट तपाईको प्रतिक्रिया