हर्मन माइनर विद्यालय सुर्खेतमा कर्णाली गजल उत्सव

सुर्खेत
एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले माघी सक्रान्तिको अवसरमा कर्णाली गजल उत्सव गरेको छ ।

उत्सवमा साहित्यकार डा. नवराज लम्साल दम्पतीसहित चर्चित गजलकारहरु ऋषि शर्मा सुदामा, धिरेन अनुपम, सरस्वति पन्त, सीता यरी, पहल असिम, कृष्ण विरही, भरत प्रमोद दाहाल, महेश के भट्टराई, पुनम धमला र ज्ञानेन्द्र बहादुर सिंह ।

उत्सवमा चर्चित गजलकारहरु ऋषि शर्मा सुदामा, धिरेन अनुपम, सरस्वति पन्त, सीता यरी, पहल असिम, कृष्ण विरही, भरत प्रमोद दाहाल, महेश के भट्टराई, पुनम धमला र ज्ञानेन्द्र बहादुर सिंहले विभिन्न विषयका ४-४ वटा गजल वाचन गरेका थिए ।

साहित्यकार एवम् सञ्चारकर्मी डा. नवराज लम्साल

विद्यार्थी समिक्षा नेपाल, नरेन्द्र बुढा, रिता कठायत र नविन पाण्डेका साथै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले पनि गजल वाचन गरेका थिए ।

उत्सवमा गजल प्रस्तुत गदै गजलकार ज्ञानेन्द्र बहादुर सिंह ।

उनीहरुले जीवनका सुख, दुःखका कथा, राजनैतिक व्यंग्य, प्रेम, सामाजिक यथार्थता जस्ता विषयमा दमदार गजलहरु प्रस्तुत गरिरहदा दर्शकहरु भने निकै रमाएका थिए ।

एसओएस हर्मन माइनर विद्यालय सुर्खेतका प्राचार्य जगदीश ढकाल

गजलकारहरुले गजल वाचन गर्न थालेपछि उनीहरुले पररर ताली बजाउँदै बेलाबेलामा वान्स मोर भन्ने गरेका थिए । साँझ ७ बजेबाट आरम्भ भएर राति ११ बजे सकिएको कार्यक्रम चिसो मौसममा पनि निकै रौनकपूर्ण बनेको थियो ।

उत्सवका सहभागी ।

गैर साहित्यिक व्यक्तिहरुलाई पनि साहित्यको रस आश्वादन गराउन गजल उत्सव गरिएको विद्यालयका प्राचार्य जगदीश ढकालले बताए ।

डाक्टर लम्साल दम्पतिलाई मायाको चिनो प्रदान गदै प्राचार्य ढकाल

रसिलो गजल वाचन गदै उनले भने, साहित्य समाजको ऐना मात्र नभएर समाज परिवर्तनको सूचक पनि भएकोले हरेक व्यक्तिसम्म साहित्य पुग्न जरुरी हुन्छ ।
उत्सवका प्रमुख अथिती साहित्यकार एवम् सञ्चारकर्मी डा. नवराज लम्सालले केही गजल र कविताहरु वाचन गदै एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले नेपालमै उदाहरणीय गजल कार्यक्रम गरेको बताए ।

कार्यक्रमस्थलको सजावट

लामो समयसम्म रेडियो नेपाल सुर्खेतमा काम गरेको स्मरण गदै उनले सुर्खेत आफूलाई मामाघर आएको जस्तै महसुस हुने उल्लेख गरे ।

गजल बाचन गदै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टीकाराम ढकाल ।

यस्तै वीेरेन्द्रनगर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष नीलकण्ठ खनालले विद्यालयले सँधै विद्यार्थीको चौतर्फी विकासमा ध्यान दिँदै पृथक खालका कार्यक्रम गर्ने गरेकोमा खुशी व्यक्त गरे ।

उत्सव समापनपछिको दृश्य

उत्सवका सहभागीहरुले कार्यक्रम निकै व्यवस्थीत, भव्य र उत्कृष्ट भएको प्रतिक्रिया दिए । कार्यक्रममा अभिभावक, सरकारी कार्यालय, विभिन्न संघ संस्था, क्याम्पसका क्याम्पस प्रमुखहरु, विद्यालयका प्राचार्यहरु, समाजसेवीहरु, बुद्धिजीवीहरुलगायत २०० जनाको सहभागीता रहेको थियो ।
गजल कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक तथा गजलकार महेन्द्र चन्द ‘महासागर’ ले गरेका थिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया