यसरी सारियो स्ववियू चुनाव,संयुक्त विद्यार्थी संगठनले भने सारिएको मितिमा भाग नलिने

सुर्खेत, ६ भदौ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालमा सक्रिय चारवटा विद्यार्थी संगठनहरुले भदौ ८ गते भन्दा पछि हुने स्ववियु चुनावमा भाग नलिने वताएका छन ।
विश्वविद्यालयका पदाधिकारीले आफनो राजनीतिक दुनो सोझ्याउने उदेश्यले अपत्यासित ढंगले चुनावमो मिति सारेको उल्लेख गदै संयुक्त विद्यार्थी संगठनले तोकिएकै मिति भन्दा अन्य मितिमा हुने निर्वाचनको आफुहरुले कल्पनासम्म नगरेको र भदौ ८ गते वाहेकका निर्वाचनमा भाग नलिने घोषणा गरेका छन ।
विप्लव माओवादीको विद्यार्थी संगठनको कारण चुनाव सरेको नभई चुनावी परिणामा आफु अनुकुल नहुने देखेपछि नेपाल विद्यार्थी संघको दवावका कारण विश्वविद्यालयका पदाधिकारीहरुले चुनाव सारेको आरोप संयुक्त विद्यार्थी संगठनको छ ।
भदौ ८ गते हुने चुनावको लागि उमेदवारी समेत दर्ता भैइसकेको अवस्थामा चुनावको मिति सार्नुले स्ववियुलाई सिध्याउने खेलको रुपमा आफुहरुले लिएको उनीहरुले उल्लेख गरेका छन ।
विश्वविद्यालयका पदाधिकारीको आन्तरिक विवादका कारण स्ववियू चुनाव सारिएको भएपनि वाहिर अकै प्रचार गरिएको आरोप विद्यार्थी संगठनहरुले लगाएका छन ।
111359सुर्खेतको वीरेन्द्रनगरमा संयुक्त रुपमा पत्रकार सम्मेलन गदै अनेरास्ववियू, अखिल क्रान्तिकारी, नेपाल क्रतिकारी विद्यार्थी संघ र अखिल छैठौले निर्वाचन रजिष्ट्रार लगायत पदाधिकारीको राजनीतिक चंगुलमा परेर उपकुलपति समेत रातारात चुनावको मिति सार्ने निर्णयमा पुगेको उल्लेख गरेका छन ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष निरज लबजूले विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कोइरालाले भदौ ४ गते अरु सवै कुरा परिवर्तन हुन सक्ने तर निर्वाचन मिति भदौ ८ गते कुनै पनि हालतमा परिवर्तन हुन नसक्ने भनेपनि केही पदाधिकारीको राजनीतिक चंगुलमा परेर मिति सारेको आरोप लगाउनु भयो ।
एमाले निकट अनेरास्ववियूका उपाध्यक्ष सुनिता वरालले उम्मेदवारी परेका संगठनवीच भदौ ८ गते चुनाव गराउनु पर्ने उल्लेख गदै विश्वविद्यालयमा राजनीतिक नगर्न पदाधिकारीलाई चेनावनी दिनुभयो ।
उहाँले भन्नुभयो विश्वविद्यालयका पदाधिकारीले राजनीति गर्नु हुदैन यदि राजनीति नै गर्ने इच्छा भए राजीनामा दिएर भुगोल र क्षेत्रमा आउन चुनौति दिनुभयो ।
विना कारण अप्रत्यासित रुपमा चुनावको मिति सार्दा स्ववियूको घाँटी निमोठिएको उपाध्यक्ष वरालले वताउनु भयो ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष गंगाराम तिमिल्सेनाले विश्वविद्यालयका पदाधिकारीको इन्टेस्टमा चुनावको मिति सारिएको भन्दै चुनाव गर्न नसक्ने असक्षम पदाधिकारीले तत्काल राजिनामा दिनुपर्ने वताउनु भयो ।
उहाँले स्ववियू निर्वाचन तोकिएकै समयमा हुनु पर्ने भन्दै ८ गतेभन्दा पछि हुने निर्वाचनमा आफुहरुले भाग नलिने चेतावनी दिनुभयो ।
यस्तै अखिल छैठौका केन्द्रीय सदस्य हस्त रेग्मीले कुनै पनि विद्यार्थीलाई जानकारी नै नदिएर आफु निकट विद्यार्थी संगठनलाई जिताउन जानाजान चुनावको मिति सारिएको दावी गर्नुभयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया