विचल्लीमा बालबालिका

बद्री पन्त
जाजरकोट २८, असार
बाबुको मृत्यु र आमाले दोसा्रे विवाह गरेपछि जाजरकोटको बारेकोटमा तीन बालबालिका विचल्लीमा परेका छन् । बारेकोट गाउँपालिका ५, कालाखोलीका १० बर्षीय प्रविन नेपाली, १४ बर्षीय हिरा नेपाली र १२ बर्षिय मिना नेपाली विचल्लीमा परेका हुन् । उनीहरुको शिक्षा दिक्षामा मात्र होइन गास, वासकै समस्या भएको छ ।

क्याप्सन – विचल्लीमा परेका १० बर्षीय प्रविन, १४ बर्षीय हिरा र १२ बर्षिय मिना नेपाली । तस्विर – बद्री पन्त

५ बर्ष अघि बाबु कलिमान नेपालीको मृत्यु भएको र आमा सरस्वतीले विवाह गरेर अनेत्रै गएपछि उनीहरु साहारा विहिन बनेका छन । उनीहरु गाउँ नजिकैको सरस्वती माद्यामिक विद्यालय सिलंगीचौरमा ६, ८ र ७ कक्षामा पढ्छन् । पढ्न मन भएर के गर्ने कापी कलम किन्ने पैसा छैन, खाने अन्न, लगाउने कपडा समेत छैन, साना भाइबहिनी कसरी हुर्काउने समस्याछ, हिराले भनीन् ।
घरको अन्नबालीले ३ महिना पनि खाना पुग्र्दै, गाउँघरमा ज्याला मज्दुरी गरेर थोरै पैसा कमाउने र त्यसैबाट भाइबहिनीको कापी कलम तथा घर व्यवहार धान्ने गरेको हिराले बताइ ।
उनीहरुको सहयोगको लागि विभिन्न संघ संस्था तथा ब्यक्तिस“ग अनुरोध गरेपनि कतैबाट सहयोग नमिलेको काका रतन नेपालीले बताए । दाईको मृत्यु भयो भाउजु पोइल गइन के गर्ने साना छन् मैलै नै सहयोग गर्दै आएको छु उनले भने ।
जग्गा जमिन छ, ३ महिना पनि खाना पुग्दैन । आर्थिक अवस्था कमजोर हु“दा उनीहरुको लालनपालन गर्न समस्या छ, उनले भने । गरीवीका कारण नाबालक छोराछोरीको लालनपालन गर्न धेरै समस्या भएको काका रतनले बताए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया